मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित
रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित

Rato Pen 327+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

होमेन्द्र थापा, बर्दिया

जेठ १ गते 

स्थानीय तहमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै रक्त अभाव न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । बर्दियाको गेरुवा गाउँपालिका मा आयोजित निःशुल्क स्वास्थ्य तथा रक्तदान कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता देखिएको छ ।

“रक्तदान नै जीवनदान हो” भन्ने सन्देशसहित आयोजित कार्यक्रममा पछिल्लो समय “रगत दिएर शरीर कमजोर हुन्छ” भन्ने गलत सोच क्रमशः हट्दै गएको देखिएको छ । गगन सिंह कुँवर फाउन्डेसन नेपाल को आयोजनामा सम्पन्न कार्यक्रममा दुई महिला सहित ५६ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा २ सय ३२ जनाले सेवा लिएका थिए । तीमध्ये १४८ महिला र ८४ पुरुष रहेका थिए । परीक्षणका क्रममा २७ जनामा मोतिबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ । ती बिरामीहरूको आगामी शनिबार शिवगंगा आँखा अस्पताल मा निःशुल्क शल्यक्रिया गरिने फाउन्डेसनका अध्यक्ष शेरबहादुर कुँवरले जानकारी दिनुभयो ।

फाउन्डेसनले एक वर्ष नपुग्दै तीन पटक रक्तदान शिविर सञ्चालन गरिसकेको छ । जसमा दुइ सय बढीले रक्तदान गरेका छन । जिल्लाको पिछडिएको क्षेत्रमा अस्पतालको अभाव, आँखासम्बन्धी समस्या तथा अस्पतालहरूमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुँवरले बताउनुभयो ।

स्थानीय बालकुमारी सिंहले गाउँमै स्वास्थ्य सेवा पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागी सुरेश दहितले आफूले सातौँ पटक रक्तदान गरेको बताउँदै स्वस्थ व्यक्तिले रक्तदान गर्दा शरीरमा कुनै असर नपर्ने भएकाले सबैलाई रक्तदान गर्न आग्रह गर्नुभयो ।

स्थानीय स्तरमै सञ्चालन गरिएका यस्ता कार्यक्रमले स्वास्थ्य सेवाको पहुँच विस्तार हुनुका साथै सामाजिक चेतना अभिवृद्धिमा समेत टेवा पुगेको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार