मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु
बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

Rato Pen 357+ समाचार ( )
८ पौष २०८२, बुधवार

होमेन्द्र थापा, बर्दिया

बर्दिया र बाँके जिल्लामा आजदेखि बाघ गणना सुरु गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक बेदकुमार ढकालको अध्यक्षता तथा वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बर्दिया–बाँके कम्प्लेक्समा बाघ तथा आहारा प्रजाति सर्वेक्षणको औपचारिक शुभारम्भ गरिएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव शर्माले नेपालले बाघ संरक्षणमा उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्दै बाघ गणना क्यामेरा ट्र्यापिङ प्रविधिबाट गरिने जानकारी दिनुभयो । उहाँका अनुसार गणना सम्पन्न गर्न करिब दुईदेखि ढाई महिना लाग्नेछ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले बाघको संख्या बढ्दो वा घट्दो अवस्था पत्ता लगाउन प्रत्येक चार–चार वर्षमा बाघ गणना गरिने बताउनुभयो । बाघको संख्या घटेमा आहारा प्रजाति तथा घाँसे मैदान विस्तार गर्नुपर्ने र संख्या बढेमा सम्भावित मानव–वन्यजन्तु द्वन्द्व तथा अवसर पहिचान गरी दीर्घकालीन योजना बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तूम्फाहाम्फेले बाघ गणना बर्दियाबाट सुरु भई बाँके हुँदै दाङसम्म विस्तार गरिने जानकारी दिनुभयो । बर्दिया राष्ट्रिय निकुञ्जसँगै खाता जैविक मार्ग तथा आसपासका क्षेत्रमा समेत बाघ गणना गरिनेछ ।

सन् २००९ देखि सुरु गरिएको बाघ गणना यसपटक पाँचौँ पटक सञ्चालन हुन लागेको हो । सन् २०२२ मा गरिएको गणनामा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा १२५ वटा बाघ रहेको तथ्यांक सार्वजनिक गरिएको थियो । बाघ गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त प्राविधिक टोलीले गर्नेछ ।

गणनाका लागि बर्दियामा ५६ जना निकुञ्ज कर्मचारी, सुरक्षाका लागि नेपाली सेनासहित तीनवटा हात्ती परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार