कञ्चनरूप । सप्तरीकै दोश्रो निजी विद्यालय स्थापना गर्ने संस्थापकका रुपमा पहिचान बनाएका कञ्चनरूपका भवानी सिटौलाको निधन भएको छ ।
७७ बर्षको उमेरमा २०८१ बैशाख १२ गते असामयिक निधन भएको उनका छोरा सुमित सिटौलाले जनाएका हुन ।
तत्कालीन पूर्वाञ्चल अन्तरगत आठराई हाल कोशी प्रदेश, तेह्रथुम जिल्ला, आठराई गाउपालिका वडा नं ६ का सिटौलाले २०३८ सालमा कन्चनपुर अर्थात जिल्लामै दोश्रो निजी विद्यालय चिल्ड्रेन मोडेल स्कुल स्थापना गरेका थिए ।
सिटौलाको निधनमा कञ्चनरूप भरिमा सञ्चालित सम्पूर्ण प्याब्सन तथा एन प्याब्सन अन्तरगतका निजी विद्यालयहरू भोलि मिति २०८१ बैशाख १३ गते बिहिबारका दिन शोकमा बन्द रहने प्याब्सन र एन प्याब्सन जनाएको छ ।
सप्तरीमै दोश्रो निजी विद्यालय संस्थापक सिटौलाको निधन भोलि कञ्चनरूप क्षेत्रका निजी विद्यालयहरू बन्द रहने

१२ वैशाख २०८१, बुधवार
कन्चन रूप मा प्रथम काैनभेन्ट सिटाेला जियू काे थियाे वहाँ लाई भावपूर्ण हार्दिक श्रद्धाञ्जली तथा शाेकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु