मुख्य समाचार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु |

जनशक्ति आबिमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला
जनशक्ति आबिमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला

Rato Pen 331+ समाचार ( )
२९ मंगशिर २०८१, शनिबार

बारबर्दिया 

बारबर्दिया नगरपालिका ५ मा रहेको जनशक्ति आधारभूत विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेला तथा लैंगिक तथा अपांगमैत्री शौचालय हस्तान्तण कार्यक्रम सम्पन्न भएको छ । समुदायमा रहेको सामाजिक समस्या तथा हानिकारक अभ्यासको न्युनिकरण गर्न जनचेतना जगाउने उदेश्यले मेलाको आयोजना गरिएको हो । 

प्लान ईन्टरनेशनल नेपाल र कोईकाको आर्थिक सहयोगमा बारबर्दिया नगरपालिकासंग समन्वय गरी राधाकृष्ण थारु जनसेवा केन्द्र गुलरियाद्धारा संचालित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार परियोजना अन्तरगत कार्यक्रम भएको छ । उक्त परियोजना अन्तरगत विद्यालयमा निर्माण गरिएको पहुचयुक्त शौचालय निर्माण, यौन तथा प्रजनन अधिकारको बिषयमा तालिम, छलफल, अभिभावक, किशोरकिशोरी, बुवा समुह, दौतरी शिक्षा सम्बन्धी कार्यक्रम निरन्तर संचालन भएको छ । उक्त कार्यक्रम अन्तरगत समुदाय, अभिभावक तथा किशोरकिशोरीहरुमा गरेको ब्यबहार परिर्वतनमा सहयोग पुर्याएको छ । सोहीकुराको बारेमा जानकारी तथा प्रर्दशनी गर्नका लागि मेला संचालन गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्यबहादुर बिष्टले परियोजनाले गरेको कामले विद्यार्थीहरुको शिप तथा ब्यबहार परिवर्तनमा ठूलो सहयोग पुगेको बताउनु भएको छ । विद्यार्थीहरुले नै यौन तथा प्रजनन स्वास्थ्य अधिकारका बिषयमा स्पष्ट रुपमा बिभिन्न मध्यमबाट प्रस्तुत गर्नु नै उपलब्धी भएको बताउनु भएको छ । साथै विद्यालयमा निर्माण गरिएको पहुचयुक्त ३ कोठे शौचालय पादर्शीरुपमा हस्तान्तरण गर्नु असल अभ्यास भएको बताउनु भएको छ । साथै विद्यार्थी तथा समुदायको उज्जोल भविष्यको कामना गर्नु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले समुदायमा रहेको हानिकारक अभ्यासलाई न्युनिकरण गर्नका लागि विद्यालयबाट भईरहेको प्रयास सकारात्मक रहेको बताउनु भएको छ । समुदायमा हुने भोज, विवाह, बर्तबन्ध, जन्मदिन जस्ता कार्यक्रमका बालबालिकाहरुलाई ख्याल नगरेर गरिने क्रियाकलापले हानिकारक अभ्यासलाई बढावा दिरहेकोले अभिभावकहरु नै सचेत हुनु पर्ने बताउनु भएको छ । विद्यालयमा निर्माण गरिएको शौचालय अतिआवश्यक रहेकोले पालिकाबाट नै सिफारिश गरेको बताउनु भएको छ । यस मेला र हस्तान्तरण गरिएको ३ कोठे शौचालयले असलअभ्यासको बानी विकास गर्नमा सहयोग पुग्ने बताउनु भएको छ । 

कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगरपप्रमुख रत्नकुमारी पाण्डेले यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी मेलाले बालबालिका तथा अभिभावकमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनु भएको छ । विद्यालयमा आवश्यक रहेको निर्माण गरेको शौचालय र सचेतना कार्यक्रमले गर्नु विद्यार्थीहरुमा ठूलो सहयोग पुर्याएको बताउनु भएको छ । 

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ, प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत सुस्मा घर्तीमगरले परियोजनाले लिएको उदेश्य र गरेरहेको कामको बारेमा जानकारी गराउनु भएको छ । विद्यालयका प्रधानाध्यपक जीवन अर्यालले स्वागत तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।  

कार्यक्रममा विद्यार्थीबालबालिकाहरुले यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बिषयमा कबिता, गीत नृत्य, नाटकहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा राधाकृष्ण थारु जनसेवा केन्द्रका बोड समितिका सदस्यहरु, कर्मचारीहरु, छिमेकी विद्यालयका प्रतिनिधि, नगरपालिकाका शिक्षा, महिला तथा बालबालिका, स्वास्थ्य शाखाका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक विद्यार्थीको सहभागिता रहेको परियोजनाकी सपरभाईजर लक्ष्मी भुर्तेलले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार