मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु
बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु

Rato Pen 327+ समाचार ( )
२१ चैत्र २०८२, शनिबार

बर्दिया, बारबर्दिया — प्लान इन्टरनेशनल नेपालको सहयोग र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) को सहकार्यमा बारबर्दिया नगरपालिकामा विपद् पूर्वतयारी र शिक्षाको गुणस्तर सुधार लक्षित दुई परियोजना एकसाथ सुरु गरिएको छ। जयनगरमा आयोजित कार्यक्रम बारबर्दिया नगरपालिकाकी कार्यवाहक नगरप्रमुख तथा उपप्रमुख रत्नकुमारी पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा अध्यक्ष पाण्डेले परियोजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो।

बी–ग्रुपका निर्देशक डम्मर सुनारले स्वागत गर्दै कार्यक्रमको उद्देश्य र समग्र गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले परियोजनाहरूले समुदायको उत्थानशीलता वृद्धि र शिक्षामा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, प्रयास–२ परियोजनाबारे बी–ग्रुपका प्रबन्धक खेमराज भण्डारीले विस्तृत जानकारी गराउँदै विपद् पूर्वतयारी, जोखिम विश्लेषण र पूर्वसूचना प्रणाली सुदृढीकरणमार्फत समुदायलाई सक्षम बनाउने उद्देश्य रहेको बताउनुभयो। बी ग्रुपका अध्यक्ष डा ईन्द्रबहादुर भण्डारीले यो छोटो समयमा राम्रो काम गर्न सक्यौँ भने पछिल्ला दिनहरुमा पनि कार्यक्रमहरु थप भएर आउने अपेक्षा रहेको बताउनु भएको छ । 

शिक्षा सुधार परियोजनाका कार्यक्रम संयोजक लक्ष्मी प्रसाद शर्माले परियोजनाअन्तर्गत सञ्चालन हुने गतिविधिहरूबारे जानकारी दिँदै कक्षा ६ का विद्यार्थीहरूको गणित र विज्ञान विषयमा सिकाइ उपलब्धि सुधार गर्न उपचारात्मक कक्षा, शिक्षक क्षमता विकास, शैक्षिक सामग्री सहयोग र नियमित अनुगमन गरिने बताउनुभयो।

प्रयास–२ परियोजनाले बाढी, गर्मी तथा शीतलहरजस्ता बहु–जोखिमको सामना गर्न समुदायको तयारी क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत पूर्वसूचना प्रणाली, स्वयंसेवक परिचालन, मनोसामाजिक सहयोग, जनचेतना अभियान तथा सुरक्षित पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछन्। करिब २० हजार घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको यस परियोजनाको कुल बजेट ५७ लाख ६२ हजार १०० रुपैयाँ रहेको छ।

त्यस्तै, सिकाइ सुधार परियोजनाले ६ महिनाको अवधिमा बारबर्दिया नगरपालिकाका १७ विद्यालयमा लागू भई गणित र विज्ञान विषयमा केन्द्रित सिकाइ उपलब्धि सुधार गर्नेछ। परियोजनाको कुल बजेट ४८ लाख ६७ हजार ८० रुपैयाँ रहेको छ।

कार्यक्रममा वडा अध्यक्षहरूले सुझाव राख्दै स्थानीय आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरू, जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले दुवै परियोजनाले विपद् जोखिम न्यूनीकरण र शिक्षाको गुणस्तर सुधारमार्फत समुदायलाई सुरक्षित, सक्षम र आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार