-राजु गौतम
मोरङ । रतुवामाई नगरपालिकास्थित सौंठामा सम्पन्न वडादशैं कप फुटबल प्रतियोगिताको उपाधि लेटाङ एकेडेमीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा अमरदह स्पोर्टिङ क्लवलाई ट्राइबेकरमा ४ ३ ले पराजित गर्दै लेटाङ एकेडेमीले उपाधि जितेको हो ।
निर्धारित समयको खेलमा दुवैतर्फबाट १ १ गोलको बराबारी भएपछि खेलको निर्णय ट्राइबेकरबाट लिइएको थियो । सौंठा स्पोर्टिङ क्लब रतुवामाईको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेता लेटाङले ट्रफिसहित नगद ५१ हजार र उपविजेता अमरदहरले ट्रफिसहित ३१ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।