मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

लाइसेन्सको आशयपत्र पाएका ४३ ब्रोकर कम्पनी संगठित

Rato Pen 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

काठमाडौ । नेपाल धितोपत्र बोर्डबाट आशयपत्र पाएका ४३ नयाँ स्टक ब्रोकर एशोसिएसनले पुराना ब्रोकर कम्पनीलाई आर्थिक चलखेल गरेको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

बोर्डले आवेदन परेका ४५ स्टक ब्रोकरमध्ये ४३ वटालाई आशय पत्र दिएको थियो । तर, पुराना सेयर ब्रोकरहरूको संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले चलखेल गरेर नयाँ ब्रोकरको लाइसेन्स रोक्न खोजेको भन्दै विरोध सुरू भएको छ ।

नयाँ स्टक ब्रोकर एशोसिएसनले विज्ञप्ति जारी गरेर पुराना ब्रोकरहरूको संस्था स्टक ब्रोकर्स एशोसियसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको भन्दै प्रमाणित गर्न चुनौती दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरू सक्दै पूर्णरूपमा पारदर्शी ढंगबाट सबै प्रक्रिया सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सोउपर हामीहरूले १ पैसासमेत खर्च नगर्नुपरेको सम्भवतः यो नै पहिलो घटना हो । तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाणसहित प्रमाणित गर्न हामी चुनौती दिन्छौ । आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं ।’

नियामक निकायबाट भएको सकारात्मक विकासलाई समेत नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकताका साथ पूँजी बजारमा संलग्न धितोपत्र दलाल व्यवसायीहरूको संगठन स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालले भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्ति जारी गरेको भन्दै नयाँ ब्रोकरहरू आपत्ति जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार