मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

बर्दियामा पहिलो पटक चिनी उत्पादन सुरु
बर्दियामा पहिलो पटक चिनी उत्पादन सुरु

Rato Pen 327+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

होमेन्द्र थापा, बर्दिया 

बर्दिया जिल्लामै पहिलो पटक चिनी उत्पादन सुरु भएको छ । राजापुर नगरपालिका–५ मा रहेको सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रा.लि.मा गत पुस २२ गतेदेखि औपचारिक रूपमा चिनी उत्पादन सुरु भएको हो ।

उद्योगका अनुसार दैनिक करिब ३ सय ५० मेट्रिक टन चिनी उत्पादन गर्ने क्षमता रहेको मिलमा हालसम्म करिब ४ हजार टन चिनी सञ्चित भइसकेको छ ।

कम्पनीका महाप्रबन्धक श्रीकृष्ण महत्वका अनुसार उत्पादन लागत प्रतिकिलो ८५ देखि ८८ रुपैयाँभन्दा बढी पर्ने भएकाले सोभन्दा सस्तोमा बिक्री गर्दा उद्योगलाई नाफा नहुने अवस्था रहेको छ । त्यसैले बजारमा चिनी बिक्री अझै सुरु गरिएको छैन ।

दैनिक करिब ३५ हजार क्विन्टल उखु आवश्यक पर्ने उद्योगले क्षमता अनुसार कच्चा पदार्थ नपाएको भन्दै किसानहरूलाई उखु खेती विस्तार गर्न आग्रह गरेको छ । हाल उद्योगसँग आबद्ध किसानहरूले करिब २ हजार ५ सय बिघा क्षेत्रफलमा उखु खेती गरिरहेका छन् भने भविष्यमा करिब ६ हजार बिघा क्षेत्रमा उखु खेती विस्तार गर्ने लक्ष्य राखिएको छ ।

बर्दियामा थप अर्को पनि सुगर उद्योग स्थापना गर्ने तयारी पनि भइरहेको छ । राजापुर सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रा.लि. करिब १८ बिघा क्षेत्रमा फैलिएको छ भने गुलरियामा पश्चिमाञ्चल सुगर इन्डष्ट्रिज प्रा.लि. १७ बिघा क्षेत्रमा निर्माणाधीन हुँदैछ । दुवै उद्योगले १० देखि १२ हजार बिघा क्षेत्रमा उखु खेती विस्तार गर्ने लक्ष्य राखेका छन् । हालसम्म करिब २ हजार ८ सय बिघा क्षेत्रमा उखु खेती भइसकेको उद्योगले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार