मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्खे खेतीको तयारीमा बर्दियाका किसान ः सामूहिक रूपमा ढुरीया कुलो सफाइमा जुटे
बर्खे खेतीको तयारीमा बर्दियाका किसान ः सामूहिक रूपमा ढुरीया कुलो सफाइमा जुटे

Rato Pen 357+ समाचार ( )
१६ जेठ २०८२, शुक्रबार

बर्दिया — बर्खे खेतीको समय नजिकिँदै गर्दा बर्दियाका किसानहरू परम्परागत अभ्यासलाई निरन्तरता दिँदै ढुरीया कुलो सफाइमा सक्रिय भएका छन् । सामूहिक श्रमद्वारा सञ्चालन हुने यो कार्य विगत करिब छ दशकदेखि निरन्तर हुँदै आएको छ । किसानहरूका अनुसार, बबई सिचाइ आयोजनाले नहर तथा लाइनिङ्ग कुलोहरू निर्माण गरे तापनि खेतका गह्रासम्म सिँचाइ पुर्याउन हरेक वर्ष ढुरीया कुलो सफा गर्नु आवश्यक हुन्छ ।

मझरा कुलापानी समिति ‘बि वान’ का सदस्य खुसिराम थारुले सामूहिक कुलो सफाइको अभ्यासले समुदायमा आत्मनिर्भरता, मेलमिलाप, खर्च न्यूनीकरण र सहकार्यको भावना बढाएको बताउनु भयो ।  नारायणपुरकी किसान फिरिया थारुले महिलाहरू समेत पुरुषहरूसँग काध मिलाएर काममा सहभागी हुँदै आएको बताउँदै यसले समावेशी र समानतामूलक संस्कृतिको विकास गरेको उल्लेख गर्नु भयो । 

कुलो सफाइको काम स्थानीय अगुवा र बरघरहरूको नेतृत्वमा सञ्चालन हुन्छ । काम अघि बढाउन जिम्मेवारी बाँडफाँड गरिन्छ—कसैले नापजोख गर्छ, कसैले अनुगमन, कसैले पानी बोक्ने व्यवस्था मिलाउँछ, र अन्त्यमा सबै मिलेर कुलभोज गरी कार्यक्रम समापन हुन्छ ।

बबई सिचाइ जल उपभोक्ता संस्थाका सचिव चक्रबहादुर चौधरीका अनुसार, सिचाइ आयोजनाले मुख्य संरचना निर्माण गरे पनि किसानहरू स्वस्फुर्त रूपमा खेतसम्म पानी पुर्याउन लागिपरेका छन । उहाँले  यो अभ्यास लोकतान्त्रिक, मर्यादित र व्यवस्थित रहेको भन्दै नयाँ पुस्ताले पनि यो परम्परा सिक्नुपर्ने बताउनु भयो । 

स्थानीय जेष्ठ कृषकहरूका अनुसार, बबई नदीबाट बाँध बनाएर सिँचाइ गर्ने परम्परा सुरु भएसँगै ढुरीया कुलो सफाइको परम्परा पनि स्थापित भएको हो । जमिनमा किसानको स्वामित्व कायम भएपछि यो अभ्यास अझै व्यवस्थित र नियमित भएको छ ।

बारबर्दिया नगरपालिका वडा नम्बर २ नारायणपुरमा हाल करिब २५० जना किसानहरूले सामूहिक रूपमा दैनिक ५ देखि ७ किलोमिटर लामो कुलो सफाइ गरिरहेका छन । उहाँहरूका अनुसार, यो कार्य व्यक्तिगत प्रयासबाट सम्भव नहुने भएकाले सामूहिक सहकार्य आवश्यक छ । वर्षेनी झन्डै २० किलोमिटर कुलो सफाइ गरिँदै आएको छ । यसरी बर्दिया जिल्लाका सयौँ गाँउका किसाहरु यसरी नै ढुरीया कुलो सफाई गर्दै आएका छन् । 

ढुरीया कुलो सफाइ केवल सिँचाइका लागि नभई, गाउँ–समुदायको एकता, परम्पराको संरक्षण र ग्रामीण जीवनशैलीको जग कायम राख्ने अभ्यास पनि बनेको छ । बर्खे खेतीको तयारीसँगै चल्ने यो परम्परा अहिले पनि जीवित र सशक्त रूपमा अगाडि बढिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार