मुख्य समाचार
रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप |

गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम
गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम

Rato Pen 348+ समाचार ( )
१५ जेठ २०८३, शुक्रबार

होमेन्द्र थापा, बर्दिया 

१९औँ गणतन्त्र दिवसको अवसरमा आयोजित प्रथम बर्दिया जिल्ला कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगितामा राजापुर नगरपालिका प्रथम भएको छ । कर्मचारी मिलन केन्द्र बर्दियाको आयोजनामा सम्पन्न प्रतियोगितामा राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा र सुदीप सार्कीको टिम प्रथम भएको हो ।

प्रतियोगितामा स्वास्थ्य बिमा बोर्डका डेकेन्द्रबहादुर बिष्ट र राष्ट्रिय वाणिज्य बैंकका ठोक्रे बिष्टको टिम द्वितीय बनेको छ भने बबई सिँचाइ आयोजनाका रामनरेश थारु र बिकल चौधरी तथा सशस्त्र प्रहरी बलका कलम थापा र रामबहादुर सोमैको टिम संयुक्त रूपमा तृतीय भएका छन् ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष सूर्यबहादुर खत्रीका अनुसार जेठ १३ गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न कार्यालयका २८ टोलीको सहभागिता रहेको थियो ।

गणतन्त्र दिवसलाई भव्य रूपमा मनाउन संघ, प्रदेश, जिल्ला तथा पालिका तहमा विभिन्न कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्रीको अध्यक्षतामा संघीय स्तरमा, मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश स्तरमा, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला स्तरमा तथा नगर प्रमुखको अध्यक्षतामा पालिका स्तरमा समारोह समिति गठन गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

गणतन्त्र दिवसको अवसरमा शुक्रबार बिहान गुलरियामा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारी, राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको प्रभातफेरी गणेशमान चोकबाट सुरु भई शहीद पार्कमा पुगेर शहीदहरूको प्रतिमामा माल्यार्पण गरिएको थियो । त्यसपछि तुलापुर चोक हुँदै कबडहलमा पुगेर ब्याडमिन्टन प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

गणतन्त्र दिवसको अवसरमा जिल्लामा कर्मचारी स्तरीय ब्याडमिन्टन प्रतियोगिता, साँझ दीप प्रज्वलन, प्रभातफेरी तथा शहीदहरूप्रति सम्मान कार्यक्रमलगायत विविध कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार