मुख्य समाचार
बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित | बारबर्दिया नगरपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा | बस्ती जबरजस्ती नउठाँउन सुकुम्बासीले गरे पत्रकार मार्फत सरकारसंग अनुरोध | यौन उत्पीडन तथा दुर्व्यवहार रोकथामबारे बारबर्दियामा अभिमुखिकरण कार्यक्रम सम्पन्न |

बारबर्दियामा विश्व सिकलसेल सचेतना दिवस विशेष कार्यक्रम सम्पन्न
बारबर्दियामा विश्व सिकलसेल सचेतना दिवस विशेष कार्यक्रम सम्पन्न

Rato Pen 299+ समाचार ( )
४ असार २०८२, बिहीबार

बर्दिया, 

बारबर्दिया नगरपालिकामा विश्व सिकलसेल सचेतना दिवस २०८२ को अवसरमा एक विशेष कार्यक्रम आयोजना गरिएको छ। बारबर्दिया नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा तथा स्कास नेपाल, नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया र नेपाल रेडक्रस सोसाइटी बारबर्दिया उपशाखाको सहकार्य एवं प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख छविलाल थारुले गर्नुभयो। उहाँले सिकलसेल एनिमिया जस्ता गम्भीर रोगहरूको बारेमा समुदायमा अझ धेरै जानकारी फैलाउनुपर्ने आवश्यकता औंल्याउँदै पालिकाले यस्ता जनस्वास्थ्यका अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले रोगको पहिचानदेखि उपचारसम्म जनप्रतिनिधि तथा स्वास्थ्य संस्थाहरू एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभयो।

नगर उपप्रमुख रत्ना कुमारी पाण्डेले दीर्घरोगहरूप्रति जनचेतना अझै न्यून भएकाले यस्ता कार्यक्रममार्फत समुदायमा स्वास्थ्य शिक्षा फैलाउन सकिने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिकलसेल तथा थालासेमिया रोगले एकल परिवार मात्रै नभई पुरै पुस्तामै असर पार्न सक्ने बताउँदै बिरामीहरूको हकमा सहज र सुलभ सेवा प्रवाह सुनिश्चित गरिने आश्वासन दिनुभयो।

संस्थापक नगरप्रमुख दुर्गा बहादुर थारु (कविर) ले नगरपालिकाको शुरुवातदेखि नै स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको उल्लेख गर्दै, अहिलेको नेतृत्वले यस अभियानलाई थप विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले बारबर्दियालाई सिकलसेल सचेतनाको नमुना नगरपालिका बनाउन सकिने सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो।

सिकलसेल तथा थालासेमिया रोग विशेषज्ञ डा. राजन पाण्डेले रोगको लक्षण, उपचार र रोकथामका उपायहरूबारे स्पष्ट जानकारी दिनुभयो। उहाँले बारबर्दियामा बालबालिकाहरुकाे खोपपछिको जाँचमार्फत सिकलसेल परीक्षण अनिवार्य गर्न सकिएमा यो नगरपालिका सिकलसेल न्यूनिकरणको नमुना मोडल बन्न सक्ने दाबी गर्नुभयो।

कार्यक्रममा नगर अस्पताल विकास समिति अध्यक्ष तिर्थराज पौडेलले अस्पतालको पूर्वाधार, जनशक्ति र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनेतर्फ निरन्तर काम भइरहेको जानकारी गराउनुभयो। उहाँले बिरामीहरूले राखेका सुझावहरूलाई गम्भीरतापूर्वक मनन गरिएको र सुधारका लागि तत्काल कदम चालिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा सिकलसेल र थालासेमियाका बिरामीहरूले उपचारमा आफूहरूलाई प्राथमिकता दिनुपर्ने माग राखेका थिए। उनीहरूले अस्पतालमा कतिपय सुविधाको अभाव रहेको गुनासो गरेपछि सम्बन्धित निकायका प्रतिनिधिहरूले ती समस्याहरूको समाधानतर्फ अग्रसर हुने प्रतिवद्धता व्यक्त गरे।

सदाशिव बहुमुखी क्याम्पसका विद्यार्थीहरूको सिकलसेल तथा थालासेमियाको निःशुल्क परीक्षण गरिएको थियो भने रक्तदान कार्यक्रममार्फत दर्जनौं स्वयंसेवीहरूले रक्तदान गरेका थिए। युवाहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई ऊर्जा प्रदान गरेको आयोजकहरूले बताएका छन्।

स्वास्थ्य शाखा प्रमुख गोविन्द पौडेलले कार्यक्रममा सबै सहयोगी संघसंस्था, अतिथि, बिरामी, विद्यार्थी तथा स्वयंसेवीप्रति विशेष आभार प्रकट गर्नुभयो। उहाँले सिकलसेल र थालासेमिया जस्ता रोगहरूप्रति जनचेतना फैलाउन अझ बढी सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा स्थानीय वडाध्यक्षहरू, पत्रकार, सामुदायिक प्रतिनिधि, विद्यार्थी, स्वास्थ्यकर्मी, स्वयंसेवीका लगाएतको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रम सकिएपछि सहभागीहरूले यस्तो जनमुखी, उपयोगी र प्रेरणादायी कार्यक्रम भविष्यमा पनि निरन्तर सञ्चालन हुनुपर्ने अभिव्यक्ति दिएका थिए।

समाजमा सिकलसेल एनिमिया र थालासेमिया जस्ता रोगको न्यूनिकरणका लागि यस्ता सचेतनामूलक प्रयासहरूलाई स्थानीय तहले थप सुदृढ गर्नुपर्ने आवश्यकता एकपटक पुनः पुष्टि भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार