मुख्य समाचार
बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने |

माघी पर्वले बर्दियामा छायो सांस्कृतिक रौनक
माघी पर्वले बर्दियामा छायो सांस्कृतिक रौनक

Rato Pen 354+ समाचार ( )
१ माघ २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दिया जिल्लामा माघी पर्वको अवसर पारेर विभिन्न मेला, महोत्सव तथा माघी मिलन कार्यक्रमहरू आयोजना गरिएको छ । थारु समुदायको कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्नुका साथै कृषि पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले यी कार्यक्रमहरू सञ्चालन गरिएको हो ।

जिल्लाको राजापुर नगरपालिकामा पुस २९ गतेदेखि माघी महोत्सव सञ्चालन भएको छ भने बाँसगढी र बारबर्दिया नगरपालिकामा पुस ३० गतेदेखि माघी मेला तथा महोत्सव जारी छन् । यसका अतिरिक्त अन्य पालिका तथा बस्तीहरूमा माघी मिलन कार्यक्रमहरू आयोजना गरिएको छ । मेला तथा महोत्सवहरूमा थारु भेषभूषा र परम्परागत थारु परिकारहरूको विशेष आकर्षण देखिन्छ ।

माघी पर्व सामान्यतया माघ १ गते मनाइने परम्परा रहे पनि थारु समुदायको बाक्लो बसोबास रहेका क्षेत्रमा पौष महिनाको अन्तिम हप्तादेखि नै माघीको रौनक सुरु भएको छ । स्थानीय स्तरमै आफ्नै मौलिक शैलीमा आयोजना गरिएका मेला तथा महोत्सवहरूमा नाचगान, झाँकी तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत भइरहेका छन् ।

मेलामा थारु गाउँ, अटुवा, थारु संग्रहालय, परम्परागत भेषभूषा तथा थारु परिकारका स्टलहरू राखिएका छन्, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको आयोजकहरूको भनाइ छ ।

महोत्सवले सांस्कृतिक पुनर्जागरण अभियान, बालविवाह रोकथाम, सामाजिक विकृति न्यूनीकरण तथा लागुऔषध दुव्र्यसन नियन्त्रण गर्ने उद्देश्य समेत बोकेको बाँसगढी उद्योग वाणिज्य संघका सचिव प्रेम नारायण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश फैलाउनुका साथै युवा पुस्तामा आफ्नै संस्कृति प्रतिको गर्व बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार