मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

कोशी प्रदेश सरकार विस्तार हुँदै, यी हुन् थपिने मन्त्री

Rato Pen 1+ समाचार ( )
८ अशोज २०८०, सोमबार

मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् बिस्तार गर्दै हुनुहुन्छ । मन्त्रीपरिषद् बिस्तारका लागि मुख्यमन्त्री कार्कीले पार्टी भित्र छलफल गर्नु भएको जनाइएको छ ।

जस अनुशार मुख्यमन्त्री कार्कीले आजै  चारजना मन्त्री थप्ने तयारी गरिरहनु भएको बुझिएको छ । मन्त्रीहरु सबै नेकपा एमालेबाटै थपिने तयारी भइरहेको बताइएको छ । स्रोतका अनुसार अनुसार लीलाबल्लव अधिकारी, निरन राई, वुद्धिकुमार राज भण्डारी र रामप्रसाद मेहतालाई मन्त्री बन्दै हुनुहुन्छ । 

मुख्यमन्त्री कार्की नेतृत्वमा बनेको कोशी प्रदेश सरकारले असोज २० गते विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा एमालेको अल्पमतको सरकारले आगामी असोज २० सम्म बिश्वासको मत लिइसक्नु पर्ने हुन्छ ।

सरकारले विश्वासको मत पाउने नपाउने टुंगो नभएको अवस्थामा मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद् भने विस्तार गर्न लाग्नु भएको हो । यसअघि एमालेबाट तिलकुमार मेन्याङ्बो, पिके राई, एकराज कार्की, सिर्जना राई मन्त्री भइसक्नु भएको छ । 

प्रदेश प्रमुखको कार्यलयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले मन्त्रीमण्डल बिस्तारको कुरा सुनेपनि सपथको आधिकारिक जानकारी भने नआएको बताउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार