मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |
मुख्य समाचार
नेपाल राष्ट्रिय नमुना मावि ढोढरीले न्यून शुल्कमा प्राविधिक शिक्षा दिने तयारी | ठाकुरबाबा आधारभूत नगर अस्पतालको नव निर्मित भवनबाट सेवा शुभारम्भ | विद्यालय सुशासन र सिकाइ सुधारका लागि दुईदिने क्षमता विकास कार्यशाला सम्पन्न | किशोरकिशोरीलाई दौतरी शिक्षक बनाउने लक्ष्यसहित पाँचदिने तालिम सम्पन्न | बाल अधिकार समिति सदस्यलाई घटना व्यवस्थापन सम्बन्धी २ दिने क्षमता विकास तालिम | बर्दियामा साना किसान तथा युवा उद्यमशीलता परियोजना अन्तर्गत बिउ बाख्रा वितरण | बर्दियामा युवा लक्षित उद्घोषण तालिम | महिला कृषक समुहलाई कृषि यन्त्रीकरण सामग्री वितरण | बारबर्दियामा विपद् तयारी र शिक्षामा सुधार लक्षित दुई परियोजना सुरु | ६९औँ सहकारी दिवसमा बर्दियामा अन्तरक्रिया सम्पन्न, उत्कृष्ट सहकारी र अभियन्ता सम्मानित |

बारबर्दियाको ५ नम्बर वडा बाल विवाहमुक्त घोषणा
बारबर्दियाको ५ नम्बर वडा बाल विवाहमुक्त घोषणा

SizTex 34+ समाचार ( )
४ पौष २०८१, बिहीबार

बारबर्दिया

बर्दियाको बारबर्दिया नगरपालिकाका वडाहरुलाई बाल विवाह मुक्त घोषणा गर्ने अभियान अन्तरगत बिहीबार वडा नम्बर ५ लाई पनि घोषणा गरिएको छ । वडा नम्बर ५ लाई बाल विवाह मुक्त वडा घोषणा गरेपछि बारबर्दियाको ३ वटा वडा बाल विवाह मुक्त भएको हो । 

बाल विवाह मुक्त वडा घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेश सभासदस्य रामकुमार चौधरीले बाल विवाहले समुदायमा गरिबी र शिक्षा क्षेत्रमा मात्र असर नगरेर राज्यलाई नै प्रतिकुल असर परिरहेको बताउनु भएको छ । जसरी अहिले सामाजिक अपराध देखि बेरोगारी, बिदेशीनुको माध्यता जस्तै कैयौन घटनाहरु बाल विवाहले नै निम्त्याई रहेकोले यसको न्युनिकरण गर्दै अन्त्य गर्नुको बिकल्प नरहेको बताउनु भएको छ । यसको अन्त्यका लागि सम्पुर्ण राजनीतिक दल, समाज नीतिगत रुपमा अगाडी बढ्ने बताउनु भएको छ । 

बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुले बाल विवाह अन्त्य गर्नका लागि पालिका निर्मतापुर्वक काम गर्ने बताउनु भएको छ । समुदायमा रहेको बिकृतिबिसंगतीलाई मात्र अन्त्य गर्ने हो भने बाल विवाह न्युनिकरण अभियान सफलता तर्फ लाग्ने बिश्वाश ब्यक्त गर्नु भएको छ । जन्मदिन, भड्किलो र छाडा तरिकाले ठूलो आवाजमा डिजे बजाएर गरिने पर्छौटीलाई नियन्त्रण गर्नका लागि पालिका कठोर भएर लाग्ने बताउनु भएको छ । केहीदिनमा पालिकाले नगरप्रहरी नियुक्त गरेर बाल विवाह जस्ता हानिकारक अभ्यास गर्नेलाई कानुनी दायरामा ल्याउने बचनबद्धता गर्नु भएको छ । साथै राजनीतिक दलका प्रतिनिधिहरुलाई समाजमा रहेको बिकृतीबिसंगती हताउनका लागि आ आफ्नो पार्टीको तर्फबाट अभियान चलाउन आग्रह गर्नु भएको छ । राम्रो काम गर्ने ब्यक्ति वा पार्टीलाई जनताले मुल्याँकन गरेर २०८४मा माला लगाई दिने निश्चित रहेको बताउनु भएको छ । 

घोषणा सभाकार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले बाल विवाह कुनै राजनीतिक समस्या नभएर सामाजिक भएकोले यसलाई रोकथाम गर्नका लागि सबै पार्टी एकजुट हुनुपर्ने बताउनु भएको छ । पार्टीका प्रतिनिधिहरुले पालीकाले पार्टीले गर्नु पर्ने ठाँउ देखिए अभियान चलाउन पनि पछि नहन्ने बताउनु भएको छ । कार्यक्रममा नेकपा एमालेमा जिल्ला सचिब पदम ढकाल, नगरअध्यक्ष बलबहादुर परिपार, नेपाली काग्रेसका प्रतिनिधि कपेन्द्र खड्का, नेकपा(माओबादी केन्द्रका नगर अध्यक्ष दशरथ अगलपथ थारु (सुदिन)लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । 

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक मानबिर बिश्वकर्माले वडा नम्बर ५ बाल विवाह मुक्त घोषणा भएकोमा बधाई ज्ञापन गर्नु भएको छ । सहयोगी निकायको रुपमा रहेको संस्थाले अझैपनि सहयोग गर्न तयार रहेको र सहकार्यमा काम गर्ने बताउनु भएको छ ।  भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपका अध्यक्ष डाक्टर ईन्द्रबहादुर भण्डारी लगाएतले सफलताको शुभकामना दिनु भएको छ । साथै यस बाल विवाह न्युनिकरण अभियान निरन्तरताका लागि काम गर्ने बचनबद्धता गर्नु भएको छ । 

बारबर्दिया नगरपालिकाले बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दा कम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाहमुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले बताउनु भयो । र सोही अनुसार नै बाल विवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भएको छ । 

बारबर्दिया नगारपालिका वडा नम्बर ५ का अध्यक्ष लालबहादुर चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा वडा भित्रका सहकारी, सामुदायिक बन, विद्यालय, सामाजिक संघसस्थाको सहकार्यमा भएको छ । घोषणासभा कार्यक्रममा बिभिन्न किसिमका संस्कृति झाकीहरु पनि प्रस्तुत गरिएको छ । साथै बाल विवाह मुक्त गर्ने अभियानलाई सफल तथा सहकार्य गर्ने निकाय तथा ब्यक्तिहरुलाई सम्मान गरेको छ । 

प्लान इन्टरनेशनल नेपाल भेरी वातावणीय विशिष्टता समुह (बि ग्रुप)द्धारा संचालित बाल विवाह न्युनिकरण परियोजना र राधाकृष्ण थारु जनसेवा केन्द्रद्धारा संचालित सशक्त बालिका परियोजना अन्तरगत समुदायमा निरन्तर बाल विवाह न्युनिकरणका कार्यक्रम संचालन भएपश्चात बालबिवाह मुक्त वडा घोषणा सम्भव भएको हो । संघसंस्थाको सहयोग र सहकार्यमा बाल विवाह न्युनिकरणका लागि समुदायमा नागरिक समाज, बाल तथा युवा क्लब, वडा स्तरीय बाल अधिकार समिति, महिला स्वास्थ्य स्वयमसेविका लगाएतको सक्रियतामा निरन्तर कार्यक्रम संचालन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार