मुख्य समाचार
बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल |

बारबर्दियाका युवालाई योजना तर्जुमा प्रक्रिया बारेमा अभिमूखिकरण
बारबर्दियाका युवालाई योजना तर्जुमा प्रक्रिया बारेमा अभिमूखिकरण

Rato Pen 352+ समाचार ( )
६ जेठ २०८१, आइतबार

बारबर्दिया,

बारबर्दिया नगरपालिकाका युवाहरुलाई योजना तर्जुमा प्रक्रियामा युवाको सहभागीताको बारेमा अभिमूखिकरण गरिएको छ । आर्थिक बर्ष २०८१/०८२का लागि नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने समय नजिकीदै गर्दा युवाहरुलाई पालिका स्तरीय अभिमुखिकरण गरिएको हो ।

स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियामा स्थानीय नागरिक तथा युवाहरुको सक्रिय सहभागिता गराएर उहाँहरुको सवाललाई प्राथमिकतामा पार्न र स्थानीय विकास प्रक्रिया युवाहरुको सहभागिता बढाउनका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । अभिमुखिकरणमा युवाहरुलाई योजना छनौट प्रक्रिया तथा चरणको बिषयमा जानकारी गराईएको छ । साथै युवाहरुलाई समुहमा बिषयगत रुपमा छलफल गराई शिक्षा, स्वास्थ्य सरसफाई, खानेपानी लगाएतका बिषयमा समस्या र समाधानको बारेमा प्रस्तुती गराईएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अनुगमन, मुल्याँकन तथा अभिलेख अधिकृत जनक थापाले जानकारी गराउनु भएको छ । शिक्षालाई पुर्ण रुपमा निशुल्क, समयानुसारको प्रविधिक शिक्षा हुनु पर्ने, विद्यालय बालमैत्री किशोरकिशोरी मैत्री बनाउनु पर्ने लगाएतका सवालहरु योजना तर्जुमा प्रक्रियामा समाबेश गर्नका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्नु पर्ने कार्यक्रम रहेको छ । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बालिका सशक्त परियोजना अन्तरगत बारबर्दियाको जयनगरमा युवाहरुलाई अभिमुखिकरण गरिएको छ । अभिमुखिकरणमा उक्त परियोजनाका अनुगमन, मुल्याँकन तथा अभिलेख अधिकृत जनक थापा र कार्यक्रम अधिकृत संजय चौधरीले सहजिकरण गर्नु भएको छ । कार्यक्रममा बारबर्दिया युवा, नागरिक समाज, सञ्चारकर्मीहरु गरी करिब ३० जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार