मुख्य समाचार
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न | बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने | ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित | ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न | बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख | किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण | बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी | मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा | नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने | बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी |

बारबर्दियाका युवालाई योजना तर्जुमा प्रक्रिया बारेमा अभिमूखिकरण
बारबर्दियाका युवालाई योजना तर्जुमा प्रक्रिया बारेमा अभिमूखिकरण

Rato Pen 92+ समाचार ( )
६ जेठ २०८१, आइतबार

बारबर्दिया,

बारबर्दिया नगरपालिकाका युवाहरुलाई योजना तर्जुमा प्रक्रियामा युवाको सहभागीताको बारेमा अभिमूखिकरण गरिएको छ । आर्थिक बर्ष २०८१/०८२का लागि नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने समय नजिकीदै गर्दा युवाहरुलाई पालिका स्तरीय अभिमुखिकरण गरिएको हो ।

स्थानीय तहको बार्षिक योजना तथा बजेट तर्जुमा प्रक्रियामा स्थानीय नागरिक तथा युवाहरुको सक्रिय सहभागिता गराएर उहाँहरुको सवाललाई प्राथमिकतामा पार्न र स्थानीय विकास प्रक्रिया युवाहरुको सहभागिता बढाउनका लागि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । अभिमुखिकरणमा युवाहरुलाई योजना छनौट प्रक्रिया तथा चरणको बिषयमा जानकारी गराईएको छ । साथै युवाहरुलाई समुहमा बिषयगत रुपमा छलफल गराई शिक्षा, स्वास्थ्य सरसफाई, खानेपानी लगाएतका बिषयमा समस्या र समाधानको बारेमा प्रस्तुती गराईएको राधाकृष्ण थारु जनसेवा केन्द्रका अनुगमन, मुल्याँकन तथा अभिलेख अधिकृत जनक थापाले जानकारी गराउनु भएको छ । शिक्षालाई पुर्ण रुपमा निशुल्क, समयानुसारको प्रविधिक शिक्षा हुनु पर्ने, विद्यालय बालमैत्री किशोरकिशोरी मैत्री बनाउनु पर्ने लगाएतका सवालहरु योजना तर्जुमा प्रक्रियामा समाबेश गर्नका लागि स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्नु पर्ने कार्यक्रम रहेको छ । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बालिका सशक्त परियोजना अन्तरगत बारबर्दियाको जयनगरमा युवाहरुलाई अभिमुखिकरण गरिएको छ । अभिमुखिकरणमा उक्त परियोजनाका अनुगमन, मुल्याँकन तथा अभिलेख अधिकृत जनक थापा र कार्यक्रम अधिकृत संजय चौधरीले सहजिकरण गर्नु भएको छ । कार्यक्रममा बारबर्दिया युवा, नागरिक समाज, सञ्चारकर्मीहरु गरी करिब ३० जनाको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार