मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा १० दिने दालमोट तथा चिप्स बनाउने तालिम
बारबर्दियामा १० दिने दालमोट तथा चिप्स बनाउने तालिम

Rato Pen 357+ समाचार ( )
१० जेठ २०८२, शनिबार

बारबर्दिया, – बारबर्दिया नगरपालिकामा महिलाहरुको आर्थिक सशक्तीकरण तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले १० दिने दालमोट तथा चिप्स बनाउने तालिम सम्पन्न गरिएको छ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बारबर्दिया नगरपालिका उद्यम विकास शाखाको आयोजनामा जेठ १ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको उक्त तालिममा वडा नं. १, ६ र ७ का १७ जना महिलाहरुको सहभागिता थियो। प्रशिक्षक सुन्दरी जोशी र गंगा सुनारले सहभागीहरुलाई विभिन्न प्रकारका दालमोट र चिप्स बनाउने सीप प्रदान गर्नु भएकाे छ ।

तालिम समापन कार्यक्रममा नगरप्रमुख छबिलाल थारुले महिलाहरुलाई सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गर्दै, महिला हिंसा अन्त्यका लागि आयआर्जनको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा सयौं महिलालाई उद्यमी बनाउने योजना रहेको जानकारी दिनुभयो।

नगरप्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष सीताराम योगीले उत्पादन भएको वस्तुहरुको बजार व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। बजारमा लैजान लाज, डर वा अप्ठ्यारो नमानी आत्मविश्वासका साथ अगाडि बढ्न सहभागी महिलालाई आग्रह गर्नुभयो।

वडा नं. १ का अध्यक्ष कैशालपति थारु र वडा नं. ७ का अध्यक्ष इन्द्रप्रसाद थारुले महिलाहरुलाई कानुनी प्रक्रिया पुरा गरी व्यवसायक बन्न प्रेरित गर्दै आवश्यक सहयोगमा नगरपालिका सधैं तयार रहेको बताउनु भयाे ।

उद्यम विकास शाखाकी प्रमुख पार्वती गौडेलले उद्यम प्रवर्द्धनका लागि पालिकाले सबै दृष्टिकोणबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। तालिमको अनुगमन तथा निरीक्षण समेत नियमित रूपमा गरिने जानकारी दिनुभयो।

सहभागी महिलाहरुले तालिमपछि उत्पादन गरिने वस्तुको बजार सुनिश्चितता तथा व्यवसायिक योजना निर्माणमा सहयोग माग गरेका छन्। समापन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टिकानाथ गोसाई, लेखा अधिकृत, महिला तथा बालबालिका शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार