मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

युवा उद्यमी महिलालाई सामग्री हस्तान्तरण
युवा उद्यमी महिलालाई सामग्री हस्तान्तरण

Rato Pen 349+ समाचार ( )
१३ पौष २०८२, सोमबार

बारबर्दिया,  — बारबर्दिया नगरपालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप)को साझेदारीमा सञ्चालित बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत २२ जना युवा उद्यमी महिलालाई व्यवसायिक सामग्री हस्तान्तरण गरिएको छ।

यसअघि उनीहरूलाई मागमा आधारित युवा उद्यमशीलता तथा व्यवसाय प्रवर्धनसम्बन्धी तालिम प्रदान गरिएको थियो। तालिमपछि उनीहरू स्वयंको व्यवसाय सञ्चालन गरिरहेका छन्। व्यवसायलाई थप मजबुत बनाउन प्रतिब्यक्ति ७२ हजार ९ सय ४५ रुपैयाँ ४६ पैसा बराबरका काँचो कपडा उपलब्ध गराइएको हो। यो सहयोगको कुल मूल्य करिब १६ लाख ४ हजार ८ सय रुपैयाँ रहेको छ।

सहभागी महिलाहरूले सामग्री सहयोगले व्यवसाय अभिवृद्धिमा ठोस मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रतिस्पर्धात्मक बजारमा व्यवसाय टिकाउन कठिनाइ भइरहेका बेला प्राप्त सामाग्रीले आत्मविश्वास बढाएको उनीहरूको भनाइ छ। "व्यवसाय सुरु गरेपछि ब्यस्त र आत्मनिर्भर बन्ने हिम्मत बढ्दै गएको छ," सहभागीहरूले बताएका छन्।

सहयोग वितरण कार्यक्रममा बोल्दै बारबर्दिया नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले सामग्रीले युवा उद्यमींहरूलाई प्रोत्साहन दिएको उल्लेख गर्नु भयो । उहाँले सहायताबाट भरपूर आम्दानी गर्दै व्यवसायलाई सुदृढ बनाउन आह्वान गर्नु भयो । ‘पहिले पनि धेरै महिलालाई तालिम र सामग्री सहयोग गरिएको छ, यो समूह विशेष रूपमा सक्रिय र लक्की समूह हो,’ पुनले भन्नु भयो।

बारबर्दिया नगरपालिकाले प्लान इन्टरनेशनल नेपाल र बी–ग्रुपले गरेका पहल प्रशंसायोग्य रहेको बताउँदै उद्यमीहरूलाई निरन्तर अनुगमन, मार्गदर्शन तथा प्रोत्साहन प्रदान गरिने प्रतिबद्धता पनि व्यक्त गरियो।

बाल विवाह न्यूनीकरण परियोजना अन्तर्गत बारबर्दियामा ५६ जना युवा महिलालाई विभिन्न चरणमा जीवन उपयोगी सीप तथा व्यावसायिक तालिम प्रदान गरिएको छ। तीमध्ये सिलाइ–कटाइ, ढाका बुनाइ तथा टेलरिङ्गसम्बन्धी तालिम प्राप्त महिलालाई पुनर्ताजगी तालिमसँगै सामग्री सहयोग प्रदान गरिएको हो।

सामग्री हस्तान्तरण कार्यक्रम सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको बी–ग्रुपका सुपरभाइजर भरत चौधरीले जानकारी दिनु भयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार