मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

एमाले निकट अनेरास्ववियुद्वारा शिक्षक आन्दोलनको समर्थन

Rato Pen 1+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षक आन्दोलनको समर्थन गरेको छ । विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ‘विद्यालय शिक्षा विधेयक २०८०’ सरकारले सरोकारवालाहरुसँग परामर्श नगरी विभिन्न स्वार्थ समूहहरुको प्रभावमा परेर नेपालको सार्वजनिक शिक्षालाई ध्वस्त पार्न एकपक्षीय ढंगले संसदमा दर्ता गराएको अनेरास्ववियुको आरोप छ ।

‘विद्यालय शिक्षा विधेयक २०८०’मा थुप्रै संशोधन गर्नु पर्ने विषयहरु भएकोमा त्यस तर्फ अनेरास्ववियुले वृहत अध्ययन, अनुसन्धान र बहुपक्षीय छलफल पश्चात विधेयकमा संशोधन गर्नु पर्ने विषयहरु आधिकारिक रुपमा सार्वजनिक गर्ने अनेरास्ववियुले जनाएको छ ।

सरोकारवाला पक्षको रुपमा रहेका शिक्षकहरु नेपाल शिक्षक महासंघको नेतृत्वमा विधेयकका केही प्रावधानहरुमा असहमति जनाउँदै आन्दोलनरत रहेकोमा शिक्षक महासंघले अगाडि सारेका जायज मागहरु प्रति अनेरास्ववियुको नैतिक समर्थन रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले विज्ञप्तिमार्फत जनाउनु भएको छ । 

‘‘‘सरकारको अक्रमन्यताले गर्दा यस आन्दोलनले सार्वजनिक विद्यालयहरुको पठनपाठन अवरुद्ध भएको र विद्यार्थीहरुको नियमित पठनपाठनको अधिकार कुण्ठित समेत भएकोमा अनेरास्ववियुको गम्भिर ध्यानाकर्षण समेत भएको छ । ’विज्ञप्तिमा भनिएको छ ।

“विद्यालय शिक्षा विधेयक २०८०’ नेपालको शिक्षा प्रणालीको लागि दिर्घकालीन महत्वको विषय भएको हुनाले बहुपक्षीय छलफल तथा परामर्श गरी समाधान निकाल्ने तर्फ प्रकृया अगाडि बढाउन र आन्दोलनरत शिक्षकहरुको जायज मागहरु सम्बोधन गरी पठन पाठन सुचारु गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु सरकार समक्ष माग गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार