मुख्य समाचार
बर्दियामा पत्रकारहरुको होली मिलन कार्यक्रम सम्पन्न | बारबर्दियामा द्वन्द्व पीडित महिला र बालिकाको तथ्याङ्क संकलन गर्ने | ठाकुरबाबा नगरपालिकाद्वारा सिभिसि बर्दिया सम्मानित | ठाकुरबाबा नगरपालिकाको आठौं स्थापना दिवस भव्य रूपमा सम्पन्न | बारबर्दियामा किशोरी बिन्दु डंगाल एक घन्टाका लागि शिक्षा शाखा प्रमुख | किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवन पालिकालाई हस्तान्तरण | बर्दियाका पेट्रोल पम्पमा अनुगमन, उपभोक्ताहरू खुशी | मधुवन नगरपालिका–४ बालविवाहमुक्त घोषणा | नेपालमा पहिलो पटक ‘ड्रिम खोखो’ लिग २०८१ आयोजना हुने | बारबर्दियाका विद्यालयहरू स्वच्छता र खानेपानी व्यवस्थापनमा अग्रणी |

किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको पालिका तहको अभिमुखिकरण
किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको पालिका तहको अभिमुखिकरण

Rato Pen 92+ समाचार ( )
४ जेठ २०८१, शुक्रबार

बारबर्दिया 

बारबर्दिया जयनगरमा किशोरकिशोरी स्वास्थ्य कार्यक्रमको पालिका तहको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बारबर्दिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बारबर्दिया नगरपालिका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्रका ईन्चाज र अहेव अनमीहरुलाई अभिमूखिकरण गरिएको हो ।   

बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्री बनाउन आवश्यक रहेको बताउनु भएको छ । 

कार्यक्रमको बारेमा सहजिकरण स्वास्थ्य कार्यालय बर्दियाकी रत्नाकुमारी श्रेष्ठले गर्नु भएको छ । उहाँले सहजीकरण गर्दै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थामा किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा विस्तार गर्ने, किशोर किशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा विस्तार भइसकेका स्वास्थ्य संस्थामा गुणस्तरका साथ निरन्तरता दिने बिषयमा छलफल गराउनु भएको छ । 

उक्त कार्यक्रम संचालन गरी किशोर स्वास्थ्य र विकास सम्बन्धि गुणस्तरीय जानकारीको उपलब्धता र पहुँच बढाउन र किशोरकिशोरी, सेवा प्रदायक र शिक्षकहरुको सम्बन्धित ज्ञान र सिपहरु निर्माण गर्ने अवसरहरु प्रदान गर्ने, किशोर स्वास्थ्य र परामर्श सेवाहरूको पहुँच र उपयोग वृद्धि गरिने छ । किशोरकिशोरीहरूको कानुनी, सामाजिक र आर्थिक स्थितिमा सुधार गर्न सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्ने खालको स्वास्थ्य संस्था हुनु पर्ने बिषयमा जानकारी गराईएको छ । साथै किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा संचालन निर्देशिका २०७९ बारे अभिमुखिकरण र कार्ययोजना तयारीको बिषयमा छलफल गरिएको छ ।  

बारबर्दियाका स्वास्थ्य शाखा प्रमुख गोबिन्द पौडेलले स्वागत तथा कार्यक्रमबारेमा जानकारी गर्नु भएको छ । कार्यक्रमको संचालन स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक टीकाराम अधिकारीले गर्नु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार