मुख्य समाचार
बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु |

बारबर्दियाका शिक्षकहरुलाई शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम
बारबर्दियाका शिक्षकहरुलाई शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम

Rato Pen 331+ समाचार ( )
बारबर्दियाका शिक्षकहरुलाई शिक्षण आपुरण तथा द्रुत सिकाई योजना सम्बन्धी तालिम
२ जेठ २०८१, बुधवार

बारबर्दिया

बारबर्दिया नगरपालिकाका विद्यालयका बिषयगत शिक्षकहरुका लागि शिक्षण आपुरण तथा द्रुत सिकाई योजना (Real Plan) सम्बन्धी ३ दिन तालिम शुरु भएको छ । कोभिड १९ महामारी तथा विविध कारणले विद्यार्थीहरुमा भएको सिकाई क्षतिलाई परिपुर्ति गर्नका लागि आपुरण तथा द्रुत सिकाई योजना निर्माणका तालिमको आयोजना गरिएको हो ।

बारबर्दिया ६ जयनगरको श्रोत केन्द्रको सभाहलमा बुधबार देखि सुक्रबार सम्म संचालन भईरहेको तालिममा विद्यार्थीहरुको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उदेश्य रहेको छ । बारबर्दिया नगरपालिकामा रहेको ४० वटा सामुदायिक विद्यालयबाट एकएक जना शिक्षकहरु गरी ४० जनाको सहभागिता रहेको छ । 

तालिमको सहजिकरण बारबर्दिया नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख टिकानाथ गोसाईले गरिरहनु भएको छ । तालिममा योजना निर्माणका लागि विश्व र नेपालमा सिकाई क्षतिको अवस्था, सिकाई स्तर पहिचान गर्न तरिका र साधनको परिचय र प्रयोग, सिकाई स्तर पहिचान गर्न साधनको प्रयोग विधि, साधानको प्रयोग गरी विद्यार्थीको सिकाइ परिक्षण अभ्यास, साधनको प्रयोग गरी विद्यार्थीको सिकाई स्तर परिक्षण अभ्यास, विद्यार्थी सिकाई स्तरको अभिलेखिकरण र रिपोर्टिङ, नतिजा विश्लेषण र वर्गीकरण नतिजा विश्लेषण र विषयबस्तुको छनौट, सिकाई आवश्यकता आधारमा क्रियाकलाप छनोट र प्रयोग, कार्यान्वयनको योजना निर्माण र कार्यान्वयन, द्रुत सिकाईको परिचय, रणनीतिहरुको पहिचान र प्रयोग तथा कार्ययोजना निर्माणको बिषयमा तीन दिन सम्म प्रस्तुती तथा छलफल गरी योजना निर्माण गरिने छ ।  

तालिम उद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगरप्रमुख छबिलाल थारुले तालिमको उद्घाटन गर्न भएको छ । तालिमको उद्घाटन गर्दै बारबर्दिया नगरपालिकामा शिक्षा क्षेत्रमा सुधार हुदै गएको बताउनु भएको छ । यस बर्षको भर्ना अभियान उत्साहजनक भएको र एक खालको प्रतिस्पर्धा जस्तै देखियो आफ्नो विद्यालयमा विद्यार्थी भर्नाका लागि सकारात्मक भएको बताउनु भएको छ । साथै तालिमको तीन दिने बसाईले समारात्मक सन्देश दिएर उपलब्धीमुलक हुने विश्वास ब्यक्त गर्नु भएको छ । 

तालिममा बारबर्दिया नगरपालिका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले तालिमलाई उपलब्धीमुलक बनाउन आग्रह गर्नु भएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि तालिमले सहयोग पुर्याउने अपेक्षा लिनु भएको छ । 

प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा संचालित सशक्त बालिका परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाको समन्वयमा तालिम संचालन भईरहेको छ । तालिमको उद्घाटन कार्यक्रममा राधा कृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, कार्यक्रम अधिकृत संजय चौधरी लगाएतको सहभागिता रहेको परियोजनाकी कार्यक्रम अधिकृत सिमा वलीले जानकारी गराउनु भएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार