मुख्य समाचार
पौने ३१ करोडको बजेट प्रस्तुत गर्दै मधुवन न.पा.को पन्ध्रौ नगर सभा सम्पन्न | जिल्ला सहकारी संघ बर्दियाको २२ औँ बार्षिक साधारण सभा सम्पन्न | बाँसगढीमा सनिबार देखि प्रथम थारु, कृषि, पर्यटन, संस्कृतिक मेला संचालन हुदै | लुम्बिनी प्रदेश स्वास्थ्यका सरकारी सवारी साधनलाई ‘डिजिटल निगरानी’ गरिदै | मधुवन नगरपालिका ५ मा आधारभूत रेडियो पत्रकारिता, उद्घोषणकला तालिम | मधुवन नगरपालिकाको बिपद् ब्यबस्थापन समितिको बैठक | बारबर्दियाका कृषकहरुलाई टनेल समाग्री तथा तरकारी विउ विजन वितरण | पहिलो उल्का वर्षा आज राति, नाङ्गो आँखाले हेरेर मनोरञ्जन लिन सकिने | लुम्बिनीका प्रदेश सरकार मातहतका सबै अस्पतालमा मुल्य सहितको नागरिक वडा पत्र | माओवादीले ग्रासरुट सुशासनमा बढी जोड दिने, समाजवादी विकास मोडेल ल्याउन सुझाव |

बारबर्दियामा अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण
बारबर्दियामा अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण

Rato Pen 63+ समाचार ( )
२९ कार्तिक २०८१, बिहीबार

बारबर्दिया,  

बारबर्दियामा सरोकारवाला निकायहरुसंग अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण कार्यक्रम गरिएको छ । क्याम्पेन फर चेन्जको समाबेशीता र शारीरिक स्वायत्तताको लागि एक जुट अन्तरलिङ्गी आवाजहरु कार्यक्रम अन्तरगत बारबर्दिया नागरिक समाजको समन्वयमा सरोकारवाला निकाय मार्फत जनचेतना अभिबृद्धिका लागि अभिमुखीकरण गरिएको हो । 

नागरिक समाजका सदस्य तथा सरोकारवालाहरुलाई अन्तरलिङ्गीको बारेमा जानकारी, तेस्रोलिङ्गी र अन्तरलिङ्गी बिचको अन्तर, अन्तरलिङ्गीहरुले भोग्नु परेको सामाजिक अपहेलना, सार्वजनिक क्षेत्रमा हुने हिंसा तथा भौतिक संरचना बारेमा जानकारी गराई छलफल गरिएको छ । अन्तरलिङ्गी एक वा एक भन्दा बढि जन्मजात यौन विशेषताहरुको शारीरिक विविधता लिएर जन्मेका ब्यक्तिहरुलाई जनाउछ । जन्मदा एउटा लिङ्ग(महिला वा पुरुष) भएर जस्तो रहने तर उसको आनीबानी, ब्यबहार, प्राकृतिक रुपमा फरक लिंङ्गको अनुभुति गर्नेलाई तेस्रोलिङ्गी भनिने गरिन्छ । यसलाई हाम्रो समुदायले सामान्य ब्यक्तिसरह स्वीकार्य बनाउनका लागि अभिमुखिकरण गरिएको क्याम्पेन फर चेन्जका समाजपरिचालक अमर चौधरीले जानकारी गराउनु भएको छ । 

उक्त कार्यक्रम अन्तरगत अन्तरलिङ्गीहरुको जिविकोपार्जन, आयआर्जन, मान अधिकार सम्बन्धी पैरवी  तथा कानुनी सचेतना शिक्षामा सहयोग, ब्यक्तिगत घटना दर्ता, बिशेष गरेर जन्मदर्ता र विवाह दर्तामा सहयोग गर्ने कार्यक्रम गर्दै आएको छ । यसैगरी अन्तरलिङ्गीहरुको अध्ययन तथा अनुसन्धान गर्ने, प्रकृतिक प्रकोप, बिपद्को बेलामा सहयोग, अन्तरलिङ्गी बच्चाको सर्जरी गर्नेको अन्त्य, अन्तरलिङ्गीहरुको तथ्याँक संकलन, अन्तरलिङ्गीले विवाह गर्न हुदैन भन्ने कुराको भ्रम चिर्न, स्वास्थ्य सम्बन्धी जनचेतना लगाएतका कार्यक्रमहरु संचालन गर्दै आएको क्याम्पेन फर चेन्जका समाजपरिचालक नविन चौधरीले जानकारी गराउनु भएको छ । 

यो कार्यक्रम नेपालको लुम्बिनी, कर्णाली, बाग्मती र मधेश प्रदेशमा संचालनमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार