मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

सेनाको आदेशमा मलाई अपहरण गरियो:इमरान खान

Rato Pen 1+ समाचार ( )
३१ वैशाख २०८०, आइतबार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका अनुसार वर्तमान सरकारलाई चुनावदेखि डर लागिरहेको छ । चुनावमा नराम्रो हार व्यहोर्ने त्रासपछि आफूमाथि चौतर्फी घेराबन्दी भइरहेको उनको आरोप छ ।

हिरासतबाट मुक्त भएपछि स्काई न्यूजसँगको अन्तर्वार्तामा पाकिस्तान तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष खानले भनेका छन्, ‘वर्तमान सरकारलाई यो लाग्छ कि म जेलमा भएको खण्डमा र मारिएको खण्डमा मात्र उनीहरूले चुनाव जित्नेछन् ।’

इस्लामावादको उच्च अदालतले अल-कादिर ट्रस्टको मामिलामा गिरफ्तार भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत शुक्रबार नै जमानतमा छाड्न आदेश दिएको थियो । अदालतले १७ मेसम्म कुनै पनि विषयमा खानलाई गिरफ्तार गर्न नपाइने निर्णय सुनाएको छ । 

स्काई न्यूजसँगको अन्तर्वार्तामा उनले आफूलाई सेना प्रमुख असिम मुनिरको आदेशमा गिरफ्तार गरिएको पनि दाबी गरेका छन् । उनले यस विषयमा भनेका छन्, ‘गिरफ्तारीपछि जब म जेलभित्र थिए, तबमात्र मलाई पक्राउ पुर्जी थमाइयो । जंगली कानुनमा यस्तो हुन्छ । सेनाले मेरो अपहरण गरे । प्रहरी कहाँ छन् ?’

पूर्वप्रधानमन्त्रीलाई आतंकवादी जसरी गिरफ्तार गरिनु यो विश्वमा कहीँ नभएको र पाकिस्तानको लोकतन्त्र खतरामा रहेको उनको भनाइ छ । उनले अब न्यायालयमा मात्र विश्वास अडिएको उल्लेख गरे । गत वर्षको नोभेम्बर महिनामा इमरान खानको खुट्टामा गोली प्रहार भएको थियो । पञ्जाब प्रान्तमा आफूमाथि गोली प्रहार भएपछि खानले आफूमाथिको हत्या योजनामा उच्च सैन्य अधिकारीको हात भएको बताउँदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार