मुख्य समाचार
बारबर्दियामा २१ महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईयो । | बारबर्दियाका महिलाहरुलाई स्वरोजगार बनाउन दुनाटपरी तालिम | बारबर्दियाका वडाहरु यहि २२ गते देखि बाल विवाह मुक्त घोषणा गर्न शुरु गर्दै | बारबर्दियाका सि.डि.एम.सीे.लाई समुदाय स्तरीय विपद् ब्यबस्थापन सम्बन्धी तालिम | बारबर्दियाले ४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने प्रक्रिया अगाडी बढायो | बारबर्दियाको वडा नम्बर ७ लाई मंशिर मसान्त भित्र बाल विवाह मुक्त घोषणा गरिदै | बर्दियाका विद्यालयमा वास कार्यक्रम कार्यान्वयनको सहयोगका लागि सरोकारवालालाई अभिमुखीकरण | बारबर्दियामा अन्तरलिङ्गी ब्यक्तिहरुको बारेमा जनचेतना अभिमुखीकरण | ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडको २७ औँ बार्षिक साधारणसभा सम्पन्न | बारबर्दियामा रक्त संकलन केन्द्र स्थापना, लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुद्वारा उद्घाटन । |

एमाले मोरङले कार्त्तीक २५ मा शुभकामना आदानप्रदान गर्ने, केपी ओली आउँदै

Rato Pen 1+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

विराटनगर । दशैं, तिहार, छठ लगायतका महत्वपूर्ण चाडपर्वहरुको अवसर पारेर नेकपा एमाले मोरङले यहि कात्तिक २५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ । आज कार्यक्रम व्यवस्थापन समितिका संयोजक बाबुराम कार्कीको संयोजकत्वमा बसेको बैठकले कार्यक्रमको तयारी तिब्र बनाउने निर्णय गरेको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने शुभकामना आदान प्रदान कार्यक्रममा ५ हजार भन्दा बढीको सहभागिता रहने एमाले मोरङले जनाएको छ । नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख तथा कार्यक्रम प्रचार समितिका संयोजक सन्तोष बान्तवाका अनुसार कार्यक्रममा प्रदेशभरिका पार्टीका नेताकार्यकर्ताका साथै मोरङका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहनेछ ।

कार्यक्रमलाई सफल बनाउन आज बसेको समितिको बैठकले विभिन्न उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरेको वान्तवाले बताउनुभयो । उहाँका अनुसार प्रचारप्रसारको जिम्मेवारी प्रचार विभागले गर्ने छ भने आन्तरिक व्यवस्थापनको काम मोर्चा विभाग र महानगर कमिटीका अध्यक्षलगायतलाई दिइएको छ ।

यस्तै सांस्कृतिक कार्यक्रमको जिम्मेवारी जनसांस्कृतिक महासंघलाई दिइएको छ । यस्तै आर्थिक लगायतका अन्य क्षेत्रको जिम्मेवारी पार्टी अध्यक्ष ऋषिकेश पोखरेल तथा कार्यक्रम संयोजक बाबुराम कार्कीलगायतले हेर्ने गरि जिम्मेवारी तोकिएको प्रचार विभाग प्रमुख बान्तवाले बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार