मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियामा संयुक्त अनुगमन, बालमैत्री सिकाइ वातावरण सुदृढिकरणमा जोड
बारबर्दियामा संयुक्त अनुगमन, बालमैत्री सिकाइ वातावरण सुदृढिकरणमा जोड

Rato Pen 357+ समाचार ( )
९ मंगशिर २०८२, बुधवार

बारबर्दिया ।
राधाकृष्ण थारु जनसेवा केन्द्र गुरिया र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बारबर्दिया क्षेत्रमा रहेका विभिन्न विद्यालय तथा स्वास्थ्य चौकीहरूको आज संयुक्त अनुगमन सम्पन्न गरिएको छ।

अनुगमन टोलीले विद्यालयभित्र स्थापना गरिएका साइन्स ल्याब, मेकरस्पेस, लर्निङ कियोस्क, चाइल्ड प्ले सेन्टर तथा मोडल कक्षाकोठाको अवस्था नजिकबाट निरीक्षण गरेको थियो। अनुगमन बारबर्दिया नगरपालिका–१स्थित सरस्वती माध्यमिक विद्यालयको लर्निङ कियोस्क, वडा नम्बर २ कुमारागाँउ आधारभूत स्वास्थ्य केन्द्रको चाइल्ड प्ले सेन्टर तथा वडा नम्बर ७ भानुभक्त माध्यमिक विद्यालयमा रहेको साइन्स ल्याब, मेकरस्पेस र मोडल कक्षाकोठामा केन्द्रित गरिएको थियो।

उक्त क्रममा विद्यार्थीहरूको सिकाइलाई अझ प्रभावकारी बनाउन आवश्यक सामग्री तथा उपकरणको प्रयोग, कक्षा व्यवस्थापन, बालमैत्री अभ्यास र प्रयोगशाला सञ्चालनको अवस्थाबारे विस्तृत अवलोकन गरिएको थियो।

अनुगमनबाट विद्यालय तथा स्वास्थ्य संस्थामा बालमैत्री सिकाइ वातावरण निर्माणका क्षेत्रमा भएको प्रगतिसँगै अझ सुधार गर्नुपर्ने पक्षहरू पनि स्पष्ट रूपमा पहिचान हुने अपेक्षा गरिएको छ।

अनुगमनमा जिल्ला समन्वय समिति बर्दिया, जिल्ला स्वास्थ्य कार्यालय बर्दिया, जिल्ला शिक्षा समन्वय इकाईका प्रतिनिधि, बारबर्दिया नगरपालिकाका शिक्षा तथा स्वास्थ्य शाखाका प्रतिनिधि, राधाकृष्ण थारु जनसेवा केन्द्रका पदाधिकारी तथा कर्मचारी, साथै सम्बन्धित वडाका वडा अध्यक्षहरूको सहभागिता रहेको थियो।

स्थानीय तह, विद्यालय परिवार, स्वास्थ्यकर्मी तथा समुदायको निरन्तर सहयोगप्रति आयोजक संस्थाले आभार व्यक्त गर्दै बालबालिकाको अधिकार, पहुँच र गुणस्तरीय शिक्षालाई सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार