मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |
मुख्य समाचार
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र | जोखिममा रहेका बालिकाको शिक्षा र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : नगरप्रमुख थारु | बारबर्दियाका १० माध्यमिक विद्यालयलाई जंकफुडमुक्त विद्यालय घोषणा गर्ने तयारी, भोलिदेखि अनुगमन सुरु | पदनाहा स्वास्थ्य चौकीमा निःशुल्क छाला तथा कुष्ठरोग विशेषज्ञ शिविर सम्पन्न | मधुवन नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा सम्पन्न | पोषण मैत्री स्वास्थ्य संस्था निर्माणका लागि बानियाभार स्वास्थ्य चौकीमा योजना तर्जुमा | राष्ट्रिय धान दिवसमा बारबर्दियामा भव्य रोपाइँ महोत्सव सम्पन्न |

विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता
विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता

Rato Pen 327+ समाचार ( )
३१ असार २०८३, बुधवार

मधुवन, बर्दिया । मधुवन नगरपालिकाले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका सम्पूर्ण कार्यलाई समावेशी, पारदर्शी, उत्तरदायी र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। नगरपालिकाको आयोजना तथा युनिसेफको प्राविधिक सहयोगमा असार २९ र ३० गते सञ्चालन भएको “प्रभावित व्यक्तिहरूप्रति उत्तरदायित्व (AAP) तथा मानवतावादी कार्यमा अपाङ्गता समावेशीकरण” सम्बन्धी दुईदिने क्षमता अभिवृद्धि तालिमको समापन समारोहमा उक्त प्रतिबद्धता व्यक्त गरिएको हो। दुई दिनसम्म सञ्चालन भएको तालिममा विपद्को समयमा सबै प्रभावित नागरिकलाई भेदभावरहित रूपमा राहत तथा सेवा उपलब्ध गराउने, उद्धार तथा राहत वितरण प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउने, गुनासो तथा सुझाव व्यवस्थापन प्रणालीलाई प्रभावकारी बनाउने तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अन्य संवेदनशील समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयमा गहन छलफल, अभ्यास र अनुभव आदानप्रदान गरिएको थियो। तालिममा स्थानीय विपद् व्यवस्थापन समिति, वडा विपद् व्यवस्थापन समिति, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूलाई प्रभावित व्यक्तिहरूप्रति उत्तरदायित्व (AAP) र मानवतावादी कार्यमा अपाङ्गता समावेशीकरणका सिद्धान्त, व्यवहारिक प्रयोग, समुदायसँगको संवाद, समावेशी सूचना प्रवाह, प्रतिक्रिया तथा गुनासो व्यवस्थापन प्रणाली, साथै विपद् व्यवस्थापनका विभिन्न चरणमा अपनाउनुपर्ने उपायहरूबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण युनिसेफसँग आबद्ध सामाजिक तथा व्यवहार परिवर्तन (SBC) अधिकृत सजना कुँवरले गर्नुभएको थियो। उहाँले प्रभावित समुदायको आवाज सुन्ने, उनीहरूको आवश्यकता र सुझावलाई निर्णय प्रक्रियामा समावेश गर्ने अभ्यासले मात्र प्रभावकारी, उत्तरदायी र मानवकेन्द्रित मानवीय सेवा प्रवाह सम्भव हुने बताउनुभयो। उहाँले विपद्को समयमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समुदायका आवश्यकता पहिचान गरी उनीहरूलाई केन्द्रमा राखेर योजना निर्माण तथा कार्यान्वयन गर्नुपर्नेमा विशेष जोड दिनुभयो। तालिमका क्रममा सहभागीहरूलाई विभिन्न समूहमा विभाजन गरी सूचना तथा सञ्चार, स्थानीय क्षमता सुदृढीकरण, यौन शोषण तथा दुर्व्यवहारविरुद्ध सुरक्षा (PSEA), सहभागिता, प्रतिक्रिया तथा गुनासो व्यवस्थापन, समन्वय र साझेदारी तथा प्रमाणमा आधारित पैरवी लगायतका विषयमा विस्तृत छलफल गराइएको थियो। समूहगत छलफलमार्फत सहभागीहरूले आफ्ना अनुभव, सिकाइ, चुनौती तथा सुधारका सम्भावित उपायहरू प्रस्तुत गरेका थिए। यसले विपद् व्यवस्थापन प्रणालीलाई अझ समावेशी, उत्तरदायी र प्रभावकारी बनाउने साझा समझदारी विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्। समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले “कसैलाई पनि पछाडि नछोड्ने (Leave No One Behind)” सिद्धान्तलाई आत्मसात् गर्दै विपद् व्यवस्थापनका सबै गतिविधिलाई थप प्रभावकारी, समावेशी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी नगर प्रमुख तेजबहादुर भाटले प्रभावित व्यक्तिहरूप्रति उत्तरदायित्व (AAP) का सातवटै स्तम्भले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्स्थापनाका सम्पूर्ण प्रक्रियालाई पारदर्शी, उत्तरदायी, समावेशी र नागरिकमैत्री बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले ती सिद्धान्तलाई नगरपालिकाका नीति, योजना तथा कार्यक्रममार्फत व्यवहारमा उतार्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। तालिममा जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, नेपाल प्रहरी, नगर प्रहरी, अपाङ्गता भएका व्यक्तिहरूका प्रतिनिधि, ज्येष्ठ नागरिक चौतारी, युवा सञ्जाल, बाल क्लब तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूको सक्रिय संलग्नता सुनिश्चित गर्न अन्तरक्रियात्मक खेल, समूहगत अभ्यास, प्रस्तुतीकरण तथा व्यवहारिक गतिविधिहरू सञ्चालन गरिएको थियो। यस्ता अभ्यासले सिकाइलाई थप प्रभावकारी, रोचक र व्यवहारमुखी बनाएको सहभागीहरूले बताएका छन्। विपद् व्यवस्थापन तथा मानवतावादी कार्यलाई अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त तालिमले स्थानीय तहमा उत्तरदायी शासन, समावेशी विपद् व्यवस्थापन र समुदायकेन्द्रित सेवा प्रवाहलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार