मुख्य समाचार
मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन भएको निष्कर्ष, कारबाही प्रक्रिया अघि बढाइने | राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति |

बारबर्दियाको ७ नम्बर वडा बाल विवाहमुक्त घोषणा
बारबर्दियाको ७ नम्बर वडा बाल विवाहमुक्त घोषणा

Rato Pen 302+ समाचार ( )
३ पौष २०८१, बुधवार

बारबर्दिया

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ७ लाई एक समारोहका बिच बुधबार बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले वडा नम्बर ७ लाई बाल विवाह मुक्त वडाको रुपमा घोषणा गर्नु भएको हो । 

बारबर्दिया नगरपालिकामा वडा नम्बर ७ लाई दोस्रो बालविवाह मुक्त वडाको रुपमा घोषणा भएको छ । घोषणा कार्यक्रमका प्रमुख अतिथि तथा पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले बाल विवाहको दर शुन्यमा झार्नु पर्ने बताउनु भयो । विशेष गरी स्थानीय नागरिक, अगुवा, अभिभावक तथा आफु स्वयम लागेर बालविवाह शुन्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । नागरिक बाट भोट लिएर नीतिगत तहमा पुगेका जन प्रतिनिधिलाई आफैले बनाएको कानुनको कार्यान्वयन गराउन दवाव दिनु सवै मतदाताको जिम्मेवारी रहेकोमा जोड दिनुभयो । बारबर्दिया नगरपालिकाले सवै राजनैतिक दल, संघसंस्था स्थानीय नागरिक, अभिभावक लगायतलाई मिलाएर बालविवाह शुन्य पालिका बनाउने धारणा राख्नु भयो ।

लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार थारुले बालविवाह अन्त्यका लागि बालबालिकाको अभिभावक तथा गाँउका अगुवाहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । अभिभावकहरुले चाहे आफ्ना बालबालिकालाई विवाह गर्नबाट रोक्न सक्ने उहाँको विश्वास छ । फरक प्रसंगमा बोल्दै थारुले यातायात कार्यालय बारबर्दियामा ल्याउनु पर्ने बताउनु भयो । यातायात कार्यक्रम बारबर्दियामा ल्याउन सके नगरले जग्गा उपलब्ध गराउन सक्ने उल्लेख गर्नु भयो । यसका लागि नगरप्रमुख संग एकचरणको कुरा समेत भएको बताउनु भयो । 

बारबर्दिया नगरपालिका नगरप्रमुख छबिलाल थारुले २०८३ सम्ममा ११ वटै वडा बालविवाह मुक्त गरी पालिका नै घोषणा गर्ने लक्ष्य रहेको बताउनु भएको छ । नगरप्रमुख थारुले समुदायमा पछर््यौटी भन्ने चलनले समाजमा नाकारात्मक असर पारी रहेको प्रष्ट पार्नुभयो । यो प्रथालाई रोक्न अभिभावक स्वयं लाग्नुपर्ने बताउनु भयो । अभिभावकको जानकारीमै छोरा छोरीले भेट्ने बस्ने कम समयमा बुहारी भित्र्याउने र पछि समय पुगेपछि जन्मदर्ता बनाई विवाह दर्ता समेत बनाउने गरेको खुलाशा गर्नु भयो । यस्तो क्रियाकलापलाई रोक्न सम्पुर्ण नगरबासीलाई नगरप्रमुख थारुको आग्रह छ । 

सन् २०३० सम्म नेपाललाई बाल विवाहमुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगर पालिकालाई वि.स.२०८३ सम्ममा बाल विवाहमुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत वडा नम्बर ७ लाई बाल विवाहमुक्त घोषणा गरिएको हो । बारबर्दिया नगरपालिकाले बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दा कम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथामका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाहमुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको महिला तथा बालबालिका शाखा प्रमुख उषा पुनले बताउनु भयो । 

कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्धक मानबिर बिश्वकर्मा, भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपका अध्यक्ष डाक्टर ईन्द्रबहादुर भण्डारी लगाएतले सफलताको शुभकामना दिनु भएको छ । साथै यस बाल विवाह न्युनिकरण अभियान निरन्तरताका लागि काम गर्ने बचनबद्धता गर्नु भएको छ । 

बारबर्दिया नगारपालिका वडा नम्बर ७ का अध्यक्ष इन्द्र प्रसाद चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा वडा भित्रका सहकारी, सामुदायिक बन, विद्यालय, सामाजिक संघसस्थाको सहकार्यमा भएको छ । घोषणासभा कार्यक्रममा बिभिन्न किसिमका संस्कृति झाकीहरु पनि प्रस्तुत गरिएको छ । 

प्लान इन्टरनेशनल नेपाल भेरी वातावणीय विशिष्टता समुह (बि ग्रुप) र राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका सस्थाहरुले निरन्तर बाल विवाह न्युनिकरणका कार्यक्रम संचालन भएपश्चात बालबिवाह मुक्त वडा घोषणा सम्भव भएको हो । बाल विवाह न्युनिकरणका लागि बि ग्रुपले नगर, वडा तथा समुदायमा बिभिन्न किसिमका सचेतनाकुलक कार्यक्रमहरु गरेपछि हाल बारबर्दियामा २ वटा वडा बाल विवाह मुक्त घोषणा भएको छ भने बाँकी २ वटा वडालाई यसै बर्ष नै घोषणा गर्ने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार