मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बारबर्दियाको वडा नम्बर २ पालिकाको पहिलो बाल विवाह मुक्त वडा घोषणा
बारबर्दियाको वडा नम्बर २ पालिकाको पहिलो बाल विवाह मुक्त वडा घोषणा

Rato Pen 357+ समाचार ( )
२३ मंगशिर २०८१, आइतबार

बारबर्दिया

बारबर्दिया नगरपालिकाको वडा नम्बर २ लाई बाल विवाह मुक्त वडाको रुपमा घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले एक कार्यक्रमका साथ बारबर्दिया नगरपालिकाको पहिलो बाल विवाह मुक्त वडाको रुपमा घोषणा गर्नु भएको हो । 

नेपालमा सन् २०३० सम्ममा नेपाललाई बाल विवाह मुक्त बनाउने राष्ट्रिय रणनीति अनुसार बारबर्दिया नगरापालिकालाई वि.स.२०८३ सम्ममा बाल विवाह मुक्त पालिका बनाउने कार्ययोजना अन्तरगत पहिलो चरणमा वडा नम्बर २ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । यसैगरी यस बर्षमा ४ वटा वडालाई बाल विवाह मुक्त घोषणा गर्ने योजनाका साथ घोषणाको तयारी भईरहेको छ । यस बर्ष बारबर्दियाको वडा नम्बर २ लाई घोषणा गरिएको छ । यसैगरी वडा नम्बर ७, ५ र ६ क्रमशः बाल विवाह मुक्त घोषणा यसै बर्ष गर्ने कार्यक्रम रहेको छ । 

बारबर्दिया नगरपालिकाले बाल विवाह मुक्त अभियान संचालन निर्देशिका २०७८ अनुसार वडामा १५ प्रतिशत भन्दाकम बाल विवाह भए घोषणा गर्न सकिने थ्रेसहोल्ड, र वडा स्तरमा बिभिन्न किसिमका बाल विवाह रोकथाकका क्रियाकलाप तथा सुचकहरु पुरागरी कार्यान्वयन गरेको वडालाई बाल विवाह मुक्त घोषणा गर्न सक्ने ब्यबस्था रहेको छ । सोही सुचक तथा  क्रियाकलापहरु पुरा गरेकोले वडा नम्बर २ लाई बाल विवाह मुक्त घोषणा गरिएको छ । साथै अबका दिनहरुमा यसलाई घटाउदै बाल विवाह दर ० प्रतिशतमा झार्ने प्रतिबद्धता गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकार पनि समुदायमा सामाजिक समास्याको रुपमा रहेको बाल विवाहलाई अन्त्य गर्नका लागि हातेमालो गर्न तयार रहेको बताउनु भएको छ । सरकार, राजनीतिक दल, संघसंस्था तथा समुदायमा रहेको सम्पुर्ण संयन्त्रहरु एकजुट भएर बाल विवाहको बिरुद्धमा उभिए पक्कै पनि बाल विवाहलाई अन्त्य गर्न सकिने बताउनु भएको छ । साथै बाल विवाह न्युनिकरणमा अभियानमा लाग्नुहुने ब्यक्ति तथा निकायलाई सम्मान गर्नु भएको छ । 

बारबर्दिया नगरपालिका वडा नम्बर २का वडा अध्यक्ष रामफेरन थारुको साभध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न समुह संजालबाट सचेतनामुलक साँस्कृतिक झाकी, कलाकारहरुको कला प्रस्तुती, बाल विवाह न्युनिकरण अभियानको समर्थनमा ब्यानरहरु राखिएको थियो । साथै सहयोगी संस्था भेरी वातावरणीय विशिष्टता समुह( बि ग्रुप), राधा कृष्ण थारु जनसेवा केन्द्रको समन्वयमा समुदाय स्तरमा बिभिन्न किसिमका सचेतनाकुलक कार्यक्रमहरु संचालन गर्दै आएको र घोषण कार्यक्रम संचालन गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार