मुख्य समाचार
जिल्ला प्रशासन कार्यालय बर्दियामा सार्वजनिक बिदामा पनि सेवा सञ्चालन | बर्दियामा ५५ किलोमिटरभन्दा बढी तारजाली विस्तार | बनियाभार स्वास्थ्य चौकीको प्रसूति कक्षसहितको नवनिर्मित भवन उद्घाटन, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार हुने अपेक्षा | समुदायमा आधारित रोग निगरानी प्रणाली सञ्चालनका लागि बारबर्दियाका स्वास्थ्यकर्मीलाई दुईदिने अभिमुखीकरण | २७औँ मुक्त कमैया दिवस सम्पन्न, भूमिको स्वामित्व, पुनःस्थापना र संविधानप्रदत्त अधिकार कार्यान्वयनमा जोड | बर्दियाका वैद्य रजमान थारुको उपचार सेवामा नागरिकको भरोसा | विपद् व्यवस्थापनलाई समावेशी, पारदर्शी र उत्तरदायी बनाउने मधुवन नगरपालिकाको प्रतिबद्धता | बर्दियामा घडियाल गोही संरक्षणको सफलता | अशक्त किशोरीलाई घरमै पुगेर नागरिकता | गुलरिया नगरपालिकाको न्यायिक समितिमा ७५ प्रतिशत मुद्दा मिलापत्र |

उन्नाइसौं एसियाली खेलकुदको भव्य उद्घाटन

Rato Pen 1+ समाचार ( )
६ अशोज २०८०, शनिबार

मोरङ । उन्नाइसौं एसियाली खेलकुदको आज भव्य उद्घाटन भएको छ । चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घटन भएको घोषणा गर्नुभयो ।   

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन आज शनिबार भएको हो ।  चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो । 

त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।

एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुनुभयो । 

 कोभिड–१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिन चाहेको छ ।

चीनमा तेस्रो पटक आयोजना भइरहेको एसियाड एसियाली खेलकुदको इतिहासमै सहभागिताको हिसाबले सबैभन्दा ठूलो बनेको छ । यस पटक एसियाडमा एसियाका पूरै ४५ देश सहभागी छन् भने १२ हजार भन्दा धेरै खेलाडीको सहभागिता रहेको छ ।

एसियाको ४५ देशले प्रतिस्पर्धा गर्ने १९औं एसियाडमा ४० खेलमा १२ हजार ४१७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो ।

एसियाड चीनले यसअघि सन् १९९० र २०१० मा आयोजना गरेको थियो । एसियाडमा ४० खेलको ४८१ इभेन्टहरु समावेश गरिएको छ । जसका लागि ५४ खेल स्थल प्रयोग हुनेछ भने १४ नयाँ निर्माण गरिएको छ ।

उद्घाटन समारोहको मार्चपासमा वीरबहादुर महरा र निमा घर्ती मगरले नेपालको झण्डा बोकेका थिए । एक–एक महिला र पुरुष खेलाडीले मार्सपासमा झण्डा बोक्ने नियम अनुसार तेक्वान्दोका वीरबहादुर र उसुकी निमाले नेपालको झण्डा बोकेका हुन् । दुवैले २०१९ मा नेपालमा भएको १३ औं सागमा स्वर्ण जितेका थिए ।

यस पटकको एसियाडमा नेपालको सहभागिता विगतको भन्दा ठूलो छ । १९औं एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका छन् । जसमा १२७ महिला र १२६ पुरुष छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार