मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

जनचाहना आधारभूत विद्यालय डुम्रेनी तीन तारे विद्यालय घोषणा
जनचाहना आधारभूत विद्यालय डुम्रेनी तीन तारे विद्यालय घोषणा

Rato Pen 357+ समाचार ( )
१० मंगशिर २०८२, बिहीबार

ठाकुरबाबा नगरपालिका–१ मा अवस्थित जनचाहना आधारभूत विद्यालय डुम्रेनीलाई आज एक समारोहका बीच तीन तारे विद्यालयको रूपमा घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छतामा तीन तारा प्राप्त गरेको घोषणा गर्नुभएको हो।

मन्त्री तिमिल्सिनाले विद्यालयको उपलब्धी शिक्षक, अभिभावक, जनप्रतिनिधि र समुदायको सक्रिय सहभागिता तथा परिवर्तनप्रतिको इच्छाका कारण सम्भव भएको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रको सुधारका लागि ठाकुरबाबा नगरपालिका तथा प्रदेश सरकारले निरन्तर बजेट विनियोजन गर्दै आएको उल्लेख गर्नुभयो। बर्दिया क्षेत्रमा गरिएको लगानीले न्याय गरेको भए पनि स्थानीयले त्यसलाई प्रत्यक्ष अनुभूति नगरेको हुन सक्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो। समाज रुपान्तरणका लागि सोच परिवर्तन अनिवार्य रहेको उहाँले औँल्याउनुभयो।

कार्यक्रममा बेसका कार्यकारी निर्देशक चुर्णबहादुर चौधरीले वास गेन परियोजनाले अपेक्षाभन्दा उत्कृष्ट काम गरेको बताउनुभयो। परियोजना सुरु गर्दा तीन वर्षमा तीनवटा विद्यालयलाई तीन तारा दिलाउने लक्ष्य रहेको तर हाल नौभन्दा बढी विद्यालय तीन तारे बन्न सफल हुनु महत्वपूर्ण उपलब्धी भएको उहाँको भनाइ थियो। यो सफलता स्थानीय समुदाय, जनप्रतिनिधि, शिक्षक र शिक्षाप्रेमीहरूको सक्रियता र प्रतिबद्धताले सम्भव भएको उहाँले जोड दिनुभयो।

यूके एड र वाटर एड नेपालको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र नेपाल प्रजनन् स्याहार केन्द्रको प्राविधिक सहयोगमा बेस बर्दियाद्वारा सञ्चालित वास गेन परियोजनाको साथमा विद्यालयले कार्यक्रम सम्पन्न गरेको हो।

विद्यालयले खानेपानी, सरसफाइ तथा स्वच्छताको स्तरमा नयाँ आयाम थप्दै ठाकुरबाबा नगरपालिकाको पहिलो तीन तारे विद्यालय बन्न सफल भएकोमा विद्यालय समुदायलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

‘तारा पद्धति’ अन्तर्गत विद्यालयका खानेपानी तथा सरसफाइ सुविधा, स्वच्छता अभ्यास, संस्थागत सुदृढीकरण र दिगोपनासम्बन्धी सूचकका आधारमा विद्यालयले स्वमूल्याङ्कन गरी विद्यालय व्यवस्थापन समितिको सिफारिसमा नगरपालिका द्वारा प्रमाणित गरिन्छ। सोही आधारमा विद्यालयहरू एक, दुई वा तीन तारामा वर्गीकरण गरिन्छ।

ठाकुरबाबा नगरपालिकाका पाँच विद्यालयमा नमुना कार्यक्रम सञ्चालनका लागि सहयोग प्रदान गर्दै आएको यूके एड, वाटरएड नेपाल, राष्ट्रिय अपाङ्गता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्र तथा वास गेन परियोजना र सबै चरण पूरा गर्न सहयोग गर्ने विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूलाई ठाकुरबाबा नगरपालिकाकी नगरउप्रमुख विना भट्टराइले  धन्यवाद व्यक्त गर्नु भएकाे छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार