मुख्य समाचार
बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न | अन्तर्राष्ट्रिय युवा दिवसमा बर्दियामा सामूहिक सर्वाङ्ग माटो लेप | विपद् व्यवस्थापनमा पूर्वतयारी : बर्दियामा तीनदिने कृत्रिम घटना अभ्यास सम्पन्न |

बारबर्दियाका चार विद्यालयलाई तीन तारा प्रमाणीत
बारबर्दियाका चार विद्यालयलाई तीन तारा प्रमाणीत

Rato Pen 347+ समाचार ( )
३० माघ २०८१, बुधवार

बारबर्दिया

बर्दियाका बारबर्दिया नगरपालिका भित्रका चार विद्यालयलाई तीन तारा प्राप्त भएको प्रमाणित गरिएको छ। नगरस्तरीय सामाजिक विकास समितिको बैठकले मंगलबार विद्यालयहरूको स्वमूल्यांकनलाई सदर गर्दै तारा प्रमाणित गरेको हो।  

बारबर्दियामा रहेका १० विद्यालयको अनुगमनपछि समितिले पाञ्चजन्य माध्यमिक विद्यालय पद्नाहा, नेपाल प्राज्ञिक आधारभूत विद्यालय जब्दी, जनज्योति आधारभूत विद्यालय औरी, तथा जनता माध्यमिक विद्यालय रम्मापुरलाई तीन तारा प्रदान गरिएको प्रमाणीकरण  गरेको छ। यसैगरी, बालविद्या आधारभूत विद्यालय सिम्रहवा, कुसुम्मा देवी आधारभूत विद्यालय रानीपुर, जनचेतना आधारभूत विद्यालय, र अंशुवर्मा माध्यमिक विद्यालयलाई दुई तारा तथा जनज्योति माध्यमिक विद्यालय बनगाईंलाई एक तारा प्रमाणित गरिएको छ। 

अनुगमनका क्रममा बारबर्दिया नगरपालिकाकी उपप्रमुख रत्नकुमारी पाण्डेले विद्यालयहरूलाई प्राप्त तारा कायम राख्न निरन्तर सुधार र योजनाबद्ध कार्य आवश्यक रहेको बताउनुभयो। नगरपालिकाले नियमित अनुगमन गर्ने र सबै विद्यालयहरूले "विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि २०८१" लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।  

विद्यालयहरूको स्तरीकरण सम्बन्धी मूल्यांकन १० वटा सूचकका आधारमा गरिन्छ, जसअनुसार विद्यालय स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति (School Water ,Sanitation and hygiene Coordination Committee (SWASHCC), विद्यालय व्यवस्थापन समिति र अभिभावक–शिक्षक संघ (PTA) ले स्वमूल्यांकन गर्ने व्यवस्था छ। अनुगमन टोलीले विद्यालयहरूलाई नियमित सरसफाई, बानी–व्यवहार परिवर्तनका कार्यक्रम, तथा समुदायस्तरीय अनुगमनलाई निरन्तरता दिन सुझाव दिएको छ।  

बर्दिया जिल्लाका पाँच स्थानीय तहमा ‘वास गेन परियोजना’ अन्तर्गत विद्यालयहरूको खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम सञ्चालन भइरहेको छ। बारबर्दिया र गुलरिया नगरपालिकामा १०–१०, गेरुवा गाउँपालिकामा ६, ठाकुरबाबा नगरपालिकामा ५, र मधुवन नगरपालिकामा २ विद्यालय गरी ३३ विद्यालयमा उक्त कार्यक्रम लागू गरिएको छ। यु.के. एड ,वाटर एड नेपालको आर्थिक सहयोगमा बेस बर्दिया, राष्ट्रिय अपाङ्ग महासंघ र नेपाल प्रजनन स्याहार केन्द्रको साझेदारीमा परियोजना सञ्चालन भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार