मुख्य समाचार
बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने | बर्दिया मुद्रण उद्योग संघमा सन्तोष भट्टराईको नेतृत्वमा नयाँ समिति | बर्दियामा व्यावसायिक फूल खेती विस्तार | तेजीपुरमा भदौ ६ गते निःशुल्क कान उपचार शिविर हुने | स्थानीयको श्रम र सहयोगबाट बनेको शिव मन्दिरको उद्घाटन तथा प्राणप्रतिष्ठा | ठाकुरबाबा नगरपालिकाको वार्षिक समीक्षा तथा पर्यटन गुरुयोजनामाथि छलफल | बारबर्दिया–२ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन | सशस्त्र द्वन्द्वमा बेपत्ता थारूको २५ वर्षपछि कुशको शव बनाएर अन्त्येष्टि ! | बारबर्दिया–७ मा ‘कामका लागि नगद’ कार्यक्रम सम्पन्न |

बारबर्दियामा विद्यार्थी भर्ना अभियानमा घरदैलो गर्दै
बारबर्दियामा विद्यार्थी भर्ना अभियानमा घरदैलो गर्दै

Rato Pen 349+ समाचार ( )
२५ वैशाख २०८२, शुक्रबार

बर्दिया 

बारबर्दिया नगरपालिका–१०, सिम्रहवास्थित बालविद्या आधारभूत विद्यालयमा भर्ना अभियानलाई प्राथमिकतामा राख्दै घरदैलो कार्यक्रम सञ्चालन गरिएको छ।

'सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता' भन्ने नाराका साथ सुरु गरिएको २०८२ सालको विद्यार्थी भर्ना अभियान वैशाख २१ देखि ३१ गतेसम्म सञ्चालन हुने छ।

विद्यालयले प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप) द्वारा सञ्चालित बालविवाह न्यूनीकरण परियोजनासँग सहकार्य गरी घरदैलो अभियान सुरु गरेको हो।
अभियान अन्तर्गत विद्यालयको कार्यक्षेत्रभित्र पर्ने घर तथा टोलमा पुगेर अभिभावकसँग भेटघाट गरी बालबालिकालाई पायक पर्ने विद्यालयमा अनिवार्य भर्ना गराउने प्रयास भइरहेको छ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थी तथा बालविवाह न्यूनीकरण परियोजना र सीओसी संजालका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सीओसी सहभागीतालाई बालविवाह, यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गलत धारणा, लैङ्गिक असमानता र हिंसाका विरुद्ध सचेत बनाउँदै नेतृत्व विकासमा जोड दिइएको सहजकर्ता पुष्पा चौधरीले बताउनुभयो।
उहाँका अनुसार हस्ताक्षर अभियान, अन्तरक्रिया, हाजिरीजवाफ प्रतियोगिता, वक्तृत्वकला तथा घरदैलो कार्यक्रममार्फत सामुदायिक सचेतना अभिवृद्धि गर्ने प्रयास भइरहेको छ।

बालविवाह न्यूनीकरण परियोजनाका फिल्ड सुपरभाइजर भरत चौधरीले विद्यालयसँगको सहकार्यमा शुक्रबार विशेष घरदैलो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।

बारबर्दिया नगरपालिकाले यस अभियानबाट विद्यालय जाने उमेर समूहका कुनै पनि बालबालिका शिक्षा बाहिर नपरोस् भन्ने अपेक्षा लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार