मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

शसस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीले वेपत्ता पारेका हरिबहादुरको २२ वर्षपछि अन्त्येष्टि
शसस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीले वेपत्ता पारेका हरिबहादुरको २२ वर्षपछि अन्त्येष्टि

Rato Pen 357+ समाचार ( )
६ वैशाख २०८२, आइतबार

बर्दिया,

शसस्त्र द्वन्द्वको क्रममा सुरक्षाकर्मीको टोलीद्वारा पक्राउ परेर बेपत्ता भएका हरिबहादुर थारुको परिवारले २२ वर्षपछि कुशको शव बनाई अन्त्येष्टि गरेका छन्।

बर्दिया जिल्लाको साविक धधवार गाविस–८ (हाल बारबर्दिया नगरपालिका–११, बेलभार) निवासी २० वर्षीय हरिबहादुर थारुलाई २०६० साल पुस २३ गते बाँके जिल्लाको नेपालगञ्ज–४ त्रिभुवन चोकबाट शाही नेपाली सेनाले पक्राउ गरी राँझास्थित आर्मी पोस्टमा राखिएको थियो। त्यसपछि २०६० माघ २७ गते उनलाई बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वी चिसापानीस्थित आर्मी पोस्टमा स्थानान्तरण गरिएको थियो।

हरिबहादुर २०५९ सालदेखि तत्कालीन विद्रोही नेकपा (माओवादी) पार्टीमा पूर्णकालीन कार्यकर्ता भएर सक्रिय थिए। उनी जनमुक्ति सेनाका सदस्य र बाँके–बर्दिया इन्चार्ज महेश्वर गहतराज (सहकर्मी नाम ‘अथक’) का अंगरक्षक समेत थिए।

पार्टी कार्यका लागि त्रिभुवन चोक पुगेका हरिबहादुरलाई २०६० पुस २३ गते दिउँसो करिब १२ बजे साइकिलमा हिँडिरहेका बेला राँझा आर्मी ब्यारेक नेतृत्वको संयुक्त सुरक्षा बल (शाही नेपाली सेना र शसस्त्र प्रहरी) ले नियन्त्रणमा लिएको थियो। उनलाई एक साता राँझा आर्मी ब्यारेकमा राखिएपछि उनको अवस्था अहिलेसम्म अज्ञात छ।

दाजु राधेश्याम थारुका अनुसार, “भाइ बेपत्ता भएपछि हामी परिवारले वर्षौँसम्म चाडपर्व मनाउन सकेनौं। हरपल भाईको यादले सतायो। सरकारले अवस्था नखुलाउँदा हामी धार्मिक विधिअनुसार काजक्रिया गर्नसमेत असमर्थ थियौं।”

उनले थपे, “भाइ फर्किन्छ कि भनेर २२ वर्ष पर्ख्यौं। तर न त उनी फर्किए, न सरकारबाट कुनै जवाफ आयो। अन्ततः घर–परिवारको सल्लाहमा थारु परम्परा अनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्नुपर्‍यो।”

हरिबहादुर बेपत्ता भएपछि परिवारले विभिन्न व्यक्ति तथा संस्थासँग खोजीका लागि अनुरोध गरेका थिए। उक्त घटनाको विवरण आइसीआरसी, राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संस्थामा दर्ता गरिएको थियो, तर अहिलेसम्म कसैले ठोस जानकारी दिन सकेको छैन।

सरकारले हरिबहादुर थारुको परिवारलाई अन्तरिम राहतस्वरूप १० लाख रुपैयाँ प्रदान गरेको छ। परिवारले २०७३ साल जेठ १५ गते वेपत्ता व्यक्तिको छानबिन आयोगमा उजुरी पनि दिएका थिए। तर आयोगबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार