सुन्दरहरैंचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको युद्ध अपराधको मुद्दामा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि रिटलाई अग्राधिकार दिने आदेशसमेत भएको छ । तत्कालीन माओवादीका बाल सैनिक लेनिन विष्टले युद्ध अपराधमा कारबाहीको माग गर्दै प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध रिट दर्ता गराउनु भएको थियो ।
प्रचण्ड विरुद्धको मुद्दामा सर्वोच्चद्वारा विपक्षीका नाममा कारण देखाउ आदेश जारी
३० जेठ २०८०, मङ्गलबार