मुख्य समाचार
ठाकुरबाबामा युवा संजालको साझा योजना विषयक अन्तरक्रिया सम्पन्न | कतर्निया स्वास्थ्य केन्द्रमा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न | बारबर्दिया नगरपालिकालाई स्वास्थ्य सेवा क्षेत्रमा दोस्रो स्थान | ढकैला गाउँमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा | बारबर्दिया १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था घोषित | नागरिक समाज संस्थाको वार्षिक लेखाजोखा गोष्ठी सम्पन्न | बारबर्दिया–१ मा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा प्रभावकारी बन्दै | बर्दियामा बेपत्ता दिवस : आयोगसँग छलफल, सडकमा र्याली र पालिकाभरि दीप प्रज्वलन | दाङपुर मध्यवर्ती वन उपभोक्ता समूहको नयाँ नेतृत्व चयन | बारबर्दियामा सामुदायिक स्वास्थ्य तथा नर्सिङ्ग घरदैलो कार्यक्रम सुरु |

१० आश्विन २०८२, मङ्गलबार

मधुवन नगरपालिकाको १६औं नगरसभामा, १ अर्ब ३ करोडको बजेट प्रस्तुत 

होमेन्द्र थापा,

मधुवनअसार १० गते

बर्दियाको मधुवन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३ करोड ४७ लाख रुपैयाँको बजेट पारित गरेको छ। मंगलवार भएकाे १६औं नगरसभामा नगर उपप्रमुख अनिता चौधरीले प्रस्तुत गर्नुभएको हाे ।

बजेटअनुसार कुल विनियोजनमध्ये ७२.१५ प्रतिशत अर्थात् ७४ करोड ६६ लाख १६ हजार रुपैयाँ चालु खर्चतर्फ र २७.८५ प्रतिशत अर्थात् २८ करोड ८० लाख ८४ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ छुट्याइएको छ।

नगरपालिकाले विगतका अधुरा योजना सम्पन्न गर्न ६ करोड ५० लाख रुपैयाँ दायित्वतर्फ विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै ४ करोड २५ लाख रुपैयाँ शिक्षा क्षेत्रमा छुट्याइएको छ। स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि २ करोड १७ लाख, नगर खेलकुदको प्रवर्द्धनका लागि २५ लाख, कृषि उत्पादन वृद्धिका लागि ४५ लाख, र पशुपालन तथा पशुधन व्यवस्थापनका लागि पनि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसका अतिरिक्त गौशाला व्यवस्थापनका लागि १७ लाख, लक्षित वर्गका माग सम्बोधनका लागि २७ लाख, दलित लक्षित आयआर्जनका लागि ३ लाख, लागुपदार्थ न्यूनीकरण र जनचेतनाका लागि ३ लाख ५० हजार, तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ८ लाख रुपैयाँ छुट्याइएको छ।

नगरसभामा आगामी वर्षको बजेट कार्यान्वयनका लागि सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने, नवप्रवर्तनमार्फत उद्यमशीलता विकासमा जोड दिने, आन्तरिक स्रोत परिचालन र कर प्रणाली सुधार गर्ने तथा संघीय र प्रादेशिक सरकारमाथिको निर्भरता घटाउने रणनीति प्रस्तुत गरिएको छ।

त्यसैगरी, बजेट कार्यसम्पादनलाई प्रभावकारी बनाउने, अनुगमन र मूल्याङ्कन सशक्त बनाउने, तथा आम नागरिकलाई बजेट तथा विकास कार्यमा सहभागी गराउनेजस्ता उपायहरू पनि तय गरिएको नगरसभाले जनाएको छ।

नगर प्रवक्ता मेकबहादुर गुरुङका अनुसार नगरसभा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भएको हो। सभाबाट दलितसम्बन्धी र वनसम्बन्धी विधेयक पनि पारित गरिएको छ।

१६औं नगरसभा नगरप्रमुख तेजबहादुर भाटको अध्यक्षतामा भएको हो, जसमा जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार