मुख्य समाचार
राजकुलामा अस्थायी तटबन्धन निर्माण सुरु, स्थानीयलाई रोजगारीसँगै बाढी जोखिम न्यूनीकरणमा टेवा | राजापुर सिँचाइ आयोजनाको पुनस्थापना अघि वातावरणीय राय–सुझाव संकलन | विश्व वातावरण दिवसमा बर्दिया र कैलालीका समुदायमा बाढी कृत्रिम घटना अभ्यास | बारबर्दियाका विद्यालयमा अस्वस्थकर खाना नियन्त्रण अभियान सञ्चालन, सबै विद्यालयमा विस्तार गरिने | गणतन्त्र दिवसमा कर्मचारी ब्याडमिन्टन प्रतियोगिता ः राजापुर नगरपालिका प्रथम | लागुऔषध दुर्ब्यशनी र बालविवाह विरुद्ध विद्यालयमा सडक नाटक प्रदर्शन | विश्व उच्च रक्तचाप दिवसका अवसरमा बारबर्दियामा जनचेतनामूलक अभियान सञ्चालन | बालिकाको शिक्षामा सहयोग : पञ्चजन्य माविका ३१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | वन क्षेत्रमा निर्माण गरिएको संरचना हटाइएपछि बारबर्दियाका नगरप्रमुखको आपत्ति | रक्तदान र आँखा शिविरबाट स्थानीय लाभान्वित |

९ असार २०८२, मङ्गलबार

मधुवन नगरपालिकाको १६औं नगरसभामा, १ अर्ब ३ करोडको बजेट प्रस्तुत 

होमेन्द्र थापा,

मधुवनअसार १० गते

बर्दियाको मधुवन नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ३ करोड ४७ लाख रुपैयाँको बजेट पारित गरेको छ। मंगलवार भएकाे १६औं नगरसभामा नगर उपप्रमुख अनिता चौधरीले प्रस्तुत गर्नुभएको हाे ।

बजेटअनुसार कुल विनियोजनमध्ये ७२.१५ प्रतिशत अर्थात् ७४ करोड ६६ लाख १६ हजार रुपैयाँ चालु खर्चतर्फ र २७.८५ प्रतिशत अर्थात् २८ करोड ८० लाख ८४ हजार रुपैयाँ पुँजीगत खर्चतर्फ छुट्याइएको छ।

नगरपालिकाले विगतका अधुरा योजना सम्पन्न गर्न ६ करोड ५० लाख रुपैयाँ दायित्वतर्फ विनियोजन गरेको छ। शिक्षाको गुणस्तर सुधारलाई प्राथमिकता दिँदै ४ करोड २५ लाख रुपैयाँ शिक्षा क्षेत्रमा छुट्याइएको छ। स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि २ करोड १७ लाख, नगर खेलकुदको प्रवर्द्धनका लागि २५ लाख, कृषि उत्पादन वृद्धिका लागि ४५ लाख, र पशुपालन तथा पशुधन व्यवस्थापनका लागि पनि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यसका अतिरिक्त गौशाला व्यवस्थापनका लागि १७ लाख, लक्षित वर्गका माग सम्बोधनका लागि २७ लाख, दलित लक्षित आयआर्जनका लागि ३ लाख, लागुपदार्थ न्यूनीकरण र जनचेतनाका लागि ३ लाख ५० हजार, तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ८ लाख रुपैयाँ छुट्याइएको छ।

नगरसभामा आगामी वर्षको बजेट कार्यान्वयनका लागि सार्वजनिक खर्चमा मितव्ययीता अपनाउने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने, नवप्रवर्तनमार्फत उद्यमशीलता विकासमा जोड दिने, आन्तरिक स्रोत परिचालन र कर प्रणाली सुधार गर्ने तथा संघीय र प्रादेशिक सरकारमाथिको निर्भरता घटाउने रणनीति प्रस्तुत गरिएको छ।

त्यसैगरी, बजेट कार्यसम्पादनलाई प्रभावकारी बनाउने, अनुगमन र मूल्याङ्कन सशक्त बनाउने, तथा आम नागरिकलाई बजेट तथा विकास कार्यमा सहभागी गराउनेजस्ता उपायहरू पनि तय गरिएको नगरसभाले जनाएको छ।

नगर प्रवक्ता मेकबहादुर गुरुङका अनुसार नगरसभा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भएको हो। सभाबाट दलितसम्बन्धी र वनसम्बन्धी विधेयक पनि पारित गरिएको छ।

१६औं नगरसभा नगरप्रमुख तेजबहादुर भाटको अध्यक्षतामा भएको हो, जसमा जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू, कर्मचारी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार