मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

थारु संस्कृति संरक्षणका लागि बर्दियामा नाटक र सांस्कृतिक कार्यक्रम आयोजना
थारु संस्कृति संरक्षणका लागि बर्दियामा नाटक र सांस्कृतिक कार्यक्रम आयोजना

Rato Pen 357+ समाचार ( )
११ वैशाख २०८२, शुक्रबार

बर्दिया, वैशाख १२ — थारु समुदायको मौलिक संस्कृति, परम्परा र लोककलाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बर्दियामा दुईदिने नाटक र सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। ‘थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम–२०८२’ नाम दिइएको उक्त कार्यक्रम वैशाख १४ गते बारबर्दिया नगरपालिका–४, घोरपिट्टामा र वैशाख १५ गते गुलरिया नगरपालिका–५, सुहेल्वा गाउँमा हुने तय भएको छ।

कार्यक्रम बर्दियाली थारु कलाकार मञ्च बर्दियाको आयोजनामा, लुम्बिनी प्रदेश सरकारअन्तर्गत पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा, र सम्बन्धित वडा कार्यालयहरूको समन्वयमा सञ्चालन गरिनेछ। आयोजक मञ्चका अनुसार कार्यक्रमले थारु समुदायमा रहेका पौराणिक नाचगान, गीत–संगीत, चालचलन र खानपानको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

थारु समुदाय आफ्नो सांस्कृतिक विविधता, मौलिकता र रीतिरिवाजका कारण विशिष्ट पहिचान बोकेको समुदाय हो। तर पछिल्लो समय बाह्य संस्कृतिको प्रभाव र नयाँ पुस्तामा मौलिक सांस्कृतिक चासो घट्दै जाँदा समुदायभित्रका परम्परा र सम्पदाहरू लोप हुने अवस्थामा पुगेका छन्। यही सन्दर्भमा आयोजना हुने कार्यक्रममा नाटक मार्फत थारु संस्कृति प्रस्तुत गरिनेछ भने बर्दियाली कलाकारहरूको प्रत्यक्ष सहभागिता रहनेछ।

कार्यक्रमबाट थारु लोककला नयाँ पुस्तामा हस्तान्तरण गर्न मद्दत पुग्ने, कलाकारहरूको मनोबल र हौसला बढ्ने, गीत–संगीत र सांस्कृतिक योगदानमा सक्रियता अभिवृद्धि हुने, साथै स्थानीय रैथाने खानपानको व्यवसायिकरणमा पनि टेवा पुग्ने विश्वास गरिएको छ। यसैगरी कार्यक्रमले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै बर्दिया जिल्लामा रहेका ऐतिहासिक, सांस्कृतिक र पौराणिक स्थलहरूको प्रचारप्रसारमा समेत सहयोग पुग्नेछ।

बर्दियाली थारु कलाकार मञ्चले यस कार्यक्रमलाई थारु समुदायको सांस्कृतिक जागरणको एउटा महत्वपूर्ण प्रयासका रूपमा लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार