मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

बर्दियामा भूमिहीन र सुकुम्बासी आन्दोलित
बर्दियामा भूमिहीन र सुकुम्बासी आन्दोलित

Rato Pen 357+ समाचार ( )
८ श्रावण २०८२, बिहीबार

होमेन्द्र थापा, बर्दिया

बर्दियामा वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनको नापजाँच प्रक्रिया रोकिएको भन्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी आन्दोलित भएका छन्। भूमि अधिकार सुनिश्चित गर्न माग गर्दै उनीहरूले र्‍यालीसहितको दबाबमूलक कार्यक्रम सञ्चालन गरेका छन्।

जिल्ला भूमि अधिकार मञ्च, बर्दियाको आयोजनामा भएको आन्दोलनमा सहभागीहरूले गुलरिया बसपार्क नजिकको आप बगियामा भेला भई ¥याली गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्रीको नाममा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र जिल्ला प्रशासनमार्फत प्रधानमन्त्री कार्यालयमा पठाइएको छ।

त्यसैगरी, मञ्चले डिभिजन वन कार्यालय, भूमि समस्या समाधान आयोग जिल्ला समिति बर्दिया र सम्बन्धित पालिकाहरुलाई समेत बोधार्थ पत्र बुझाएको छ। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले ज्ञापनपत्र ग्रहण गर्दै आजै प्रधानमन्त्री कार्यालयमा पठाउने प्रतिबद्धता जनाउनु भयो।

आन्दोलनकारीका अनुसार २०७६ मा पारित वन ऐन (असोज २७) र सोही वर्षको भूमि ऐन (माघ २८) बीचको कानुनी बाझका कारणले दलित, सुकुम्बासी र अव्यवस्थित समुदायले भोगचलन गर्दै आएको जमिनको नापजाँच हुन नसकेको हो।

मञ्चका अनुसार नापजाँच र लालपुर्जा वितरणको काम सीमित बस्तीमा मात्र सीमित हुँदा अधिकांश समुदाय अधिकारबाट वञ्चित हुने जोखिममा छन्। गुलरिया नगरपालिका–१, कमलपुरमा तेस्रो पक्षलाई झूटा कागजातका आधारमा लालपुर्जा वितरण गरिएको र संगम बस्तीमा नापजाँच नै रोकिएकोप्रति मञ्चले गम्भीर आपत्ति जनाएको छ।

यस्तै, कृष्णसार संरक्षण क्षेत्रभित्र बसोबास गर्दै आएका परिवारहरूलाई नापजाँच दायराबाट बाहिर राखिएको भन्दै तिनको शीघ्र व्यवस्थापनको माग गरिएको छ।

भूमि अधिकार मञ्चका अध्यक्ष केशबहादुर विकले सात बुँदे मागपत्रमार्फत तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार