मुख्य समाचार
नागरिकता लिन आएका फरार प्रतिवादी पक्राउ | अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता | प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. ३ लाख १ हजार सहयोग | बर्दियामा स्वास्थ्य कार्यक्रमको प्रगति समीक्षा : बारबर्दिया प्रथम | मधुवन नगरपालिकामा नगरस्तरीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न | बर्दियाका बेपत्ता नागरिकको खोजीमा मन्त्री कृष्णा कुश्मा थारुको सक्रिय समन्वय | रसुवा बाढी पीडितका लागि सहकारीद्वारा प्रधानमन्त्री राहत कोषमा सहयोग | मधुवन नगरपालिकाद्वारा १ हजार १ सय ८१ परिवारका लागि ५९ लाख ५ हजार रुपैयाँ नगद सहायता अनुमोदन। | बेपत्ता आफन्तको सम्झनामा वृक्षरोपण, द्वन्द्वपीडित परिवारले मागे स्थानीय सरकारको अभिभावकीय भूमिका | रसुवा बाढीपीडितका लागि मधुवनका जनप्रतिनिधि र कर्मचारीले सेवा–सुविधाबाट सहयोग गर्ने |

मधेसका मुख्यमन्त्रीलाई एमालेसहित सबै दलबाट विश्वासको मत

Rato Pen 1+ समाचार ( )
प्रदेशसभामा उपस्थित सबै १ सय ३ सांसद्ले विश्वासको मत दिएका छन् ।
३० जेठ २०८०, मङ्गलबार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सबै दलबाट विश्वासको मत पाउनु भएको छ । मुख्यमन्त्री यादवले प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित प्रदेशसभाका सबै दलबाट विश्वासको मत पाउनु भएको हो । मुख्यमन्त्री यादवको पक्षमा प्रदेशसभामा उपस्थित सबै १ सय ३ सांसद्ले विश्वासको मत दिएका छन् । प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमालेकै समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । तर सत्ता समिकरण बदलिएपछि सरकार छाडेको एमालेले जेठ १ मा समर्थन फिर्ता लिएको थियो । एमालेले समर्थन फिर्ता लिएकै कारण मुख्यमन्त्री यादवले विश्वासको मत लिनु परेको हो । तर आज एमालेले समेत मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएपछि सबै दल सरकारको पक्षमा रहेका छन् । मधेश प्रदेशसभामा १०७ सांसद छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार